काठमाडौं, २१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब फेरि माओवादी जाग्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठक समापन गर्दै प्रचण्डले आफूहरू एक ढिक्का भएको बताए ।
उनले आफूहरू भावनात्मक रूपले एक ढिक्का भएको पनि दाबी गरे ।
हामी एक ढिक्का भएका छौँ । पार्टी नेतृत्व बाहिर जाने छैनौँ । नेतृत्वको वरिपरि गोलबन्द हुने छौँ । हामी भावनात्मक रूपले भए पनि एक ढिक्का भएका छौँ । फेरि माओवादी जाग्ने छ, उनले भने ।








प्रतिक्रिया दिनुहोस्