ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको केन्द्रीय समिति बैठकमा शुक्रबार ६८ जना बोले, पदाधिकारीप्रति चर्को आलोचना


ABC NEWS

काठमाडौं १९ साउन । नेकपा माओवादी केन्द्रको तेस्रो दिनेको केन्द्रीय समिति बैठकमा ६८ जना नेताहरुले आफ्नो धारणा राखका छन् ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा नेताहरुले धारणा राखेका हुन् ।

केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी निरन्तर ओरालो लागेकोप्रति चिन्ता प्रकट गरेका छन् । उनीहरुले पार्टी विग्रनुमा नेतृत्वदेखि कार्यकर्तासम्म जिम्मेवार रहेको भन्दै रूपान्तरणका लागि सबैले आआफ्नो जिम्मेवारीअनुसार भूमिका खेल्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

शुक्रवारको बैठकमा पार्टीप्रति यस्तो धारणा राख्ने कतिपय नेताहरूले सरकारका काम कारवाहीको भने खुलेरै प्रशंसा गरेका छन् ।

बैठकमा धारणा राख्दै सुवोधराज श्रीपालीले लट्ठी टेकेर हिँड्नेलाई महत्त्वपूर्ण जिम्मेवारी दिँदा माओवादी यथास्थितिबाट माथि उठ्न नसक्ने धारणा राखे । उनले अध्यक्ष प्रचण्डको नाम लिँदै कतिपयले पार्टीमा गुट चलाउने प्रवृत्ति हावी रहेको सङ्केत गर्दै यस्तो प्रवृत्ति पार्टीका लागि घातक हुने बताए । उनले भने,‘लट्ठी टेकेर हिँड्नेलाई इन्चार्ज दिनुहुँदैन । नेतृत्वको नाम लिएर गुट चलाउने काम अबदेखि बन्द होस् ।’

यसैगरी अर्का केन्द्रीय सदस्य वीरबहादुर कुँवरले पार्टीभित्र सङ्गठनात्मक समस्या रहेको बताउँदै माओवादी माओवादीजस्तो हुन नसकेको गुनासो गरे ।

अर्का केन्द्रीय सदस्य गोविन्द तिम्सिनाले पार्टीमा ‘कुमार’ र ‘गणेश’ प्रवृत्ति हाबी भएको बताए । उनले भने, ‘पार्टीमा गणेश र कुमार प्रवृत्ति छ । हामी सबै सुध्रन जरुरी छ ।’

उनले नेताहरूको कार्यक्षेत्र परिवर्तन गर्नुपर्ने भन्दै नेपाली सेनालाई समेत उत्पादनमा लगाउन सके अहिलेको सरकारले भनेको विकास र सुशासनमा सहयोग पुग्ने बताए । अर्का केन्द्रीय सदस्य सतिष मैनालीले टीआरसीको विषय अझै टुंगो लाग्न नसकेको भन्दै कानुन निर्माणको सवालमा पार्टीले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा राखे ।

मातृका र गिरिराज भिड्दा मधेस ध्वस्त

बैठकमा केन्द्रीय सदस्य रामकुमार शर्माले नेताहरू मातृका यादव र गिरिराजमणि पोखरेल आपसमा भिड्दा मधेसमा माओवादी पार्टी ध्वस्त भएको टिप्पणी गरे ।

शर्माले मधेसमा पार्टी बिग्रनुको मुख्य जिम्मेवार यादव र पोखरेल नै रहेको ठोकुवा गरे । यादव र पोखरेल दुवै पदाधिकारी ९उपमहासचिव० हुन् ।

‘मधेसमा दुई हस्ती छन् । गिरिराजमणि पोखरेल र मातृका यादव । उहाँहरू कहिल्यै मिल्नुभएन । यी दुई नेता भिड्दा पार्टी मधेसमा उठ्नै सकेन’, शर्माको भनाइ छ । उनले मधेस बिगार्ने गिरिराज दश वर्ष मन्त्री बनेको तर पार्टी सङ्गठन सुदृढ गर्न कुनै भूमिका ननिभाएकोमा पोखरेलको कटाक्ष गरे ।

फरक प्रसङ्गमा नेता शर्माले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा राम्रो काम गरेर धमाका मच्चाइरहेको बताए । बैठकमा नेतृत्वको आलोचना र सुझाव दिनेलाई अध्यक्षले माया गर्नुपर्ने उनको भनाइ छ ।

सापकोटा र आचार्यले के भने ?

शुक्रवारको बैठकमा दुई जना पदाधिकारीले समेत आफ्नो धारणा राखेका छन् । शुक्रवार धारणा राख्ने पदाधिकारीमा उपाध्यक्ष अग्नि सापकोटा र सचिव डिलाराम आचार्य रहेका छन् ।

बैठकमा धारणा राख्दै उपाध्यक्ष सापकोटाले विचार, दृष्टिकोण र योजना मुख्य हुनुपर्ने बताए । उनले भने, ‘पार्टीमा जायज प्रश्न उठाउन पाउनुपर्छ । कानुन भन्दामाथि कोही छैन ।’

सापकोटाले शान्ति सम्झौता अनुमोदन भैसकेको भन्दै द्वन्द्वकालीन मुद्दा उचाल्न नमिल्ने धारणा राखे । उनले अध्यक्ष प्रचण्डको प्रशंशा समेत गरे ।

‘

‘प्रचण्डमा असाधारण क्षमता रहेको छ । उहाँले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई जोगाउने ल्याकत राख्नुहुन्छ’, अध्यक्षको प्रशंसा गर्दै सापकोटाले भने, ‘अहिलेको कठिन परिस्थितमा पनि पार्टी जोगाउने प्रचण्डमात्र हो ।’

बैठकमा सचिव आचार्यले भने पार्टी समाजनुकुल चल्न सक्नुपर्ने बताए । ‘पार्टीमा रूपान्तरणको मुद्दा उठिरहन्छ । विगतमा ठुला परिवर्तन भए तर जनताको जीवन बदल्न सकिएन’, आचार्यको भनाइ छ ।

सुन प्रकरणमा महरामाथि प्रश्न

बैठकमा केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूले आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए ।

शुक्रवारको बैठकमा आफ्नो धारणा राख्ने क्रममा दाहालले सुन तस्करी प्रकरणमा नेता कृष्णबहादुर महराले जोडिएको प्रसङ्ग निकाल्दै आफू दोषी छैन भनेर पन्छिन नमिल्ने बताए ।

‘कृष्णबहादुर महरा मुछिनुभएको छ । तर उहाँले दोषी छैन भनेर पन्छिन मिल्दैन । बरु छानबिनका लागि आफैले सीआईबीमा निवेदन दिनुपर्छ’, दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘भ्रष्टाचार र तस्करीको कलङ्कको भार पार्टीले बोक्न सक्दैन ।’

बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य लक्ष्मीप्रसाद चौलागाईले नेतृत्तको ठिक्क मात्र आलोचना गर्नुपर्ने बताए । उनले भने, ‘सरकारले गरेका राम्रा कामको पार्टी नेता कार्यकर्ताले प्रचार गर्नुपर्छ, कमरेडहरू नेतृत्वको आलोचना पनि ठिक्क मात्र गर्नुपर्छ ।’ उनले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध प्रगाढ बन्नुपर्नेमा जोड दिँदै त्यसो गरेको खण्डमा मात्र पार्टीको उपस्थिति बलियो बन्नसक्ने सुझाव दिए ।

‘गफमात्रै भयो कार्यान्वयन भएन’

अर्का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टीमा छलफल र भेला धेरै हुने गरे पनि ती छलफल र भेलाका निर्णय कार्यान्वयनमा जान नसकेको गुनासो गरे । उनले पार्टीमा मूल्याङ्कन परिपार्टी नै राम्रो नभएकोमा आक्रोश व्यक्त गरे । ‘माथिबाटै रूपान्तरण हुन जरुरी छ । गुट उपगुट अन्त्य गर्नुपर्छ । हाम्रो वर्ग पहिचान छैन, सामाजिक सञ्जालमा पार्टी र नेतृत्वविरुद्ध लेख्नेलाई कारबाही गर्नुपर्छ’, पौडेलको भनाइ छ ।

अर्का नेता गणेशमान पुनले अध्यक्षको प्रतिवेदन सही भएको र यसले पार्टीमा अन्यौलता हटेको दाबी गरे । ‘अध्यक्षको प्रतिवेदन सही छ । यो कार्यान्वयनमा गए पार्टीभित्रको अन्यौलता हट्दै उत्साह पैदा गर्छ’, पुनको भनाइ छ । उनले २०४६ पछि सत्तामा पुग्ने सबै पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणासमेत राखे ।

अर्का केन्द्रीय सदस्य खेलप्रसाद बुढा क्षत्रीले सङ्गठनात्मक हिसाबमा पार्टी कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरे । ‘हामी निजी स्वार्थमा केन्द्रीत भयौ, तर नेपाली जनता विरामी छन्’, क्षेत्रीले पार्टी विग्रेकोमा कटाक्ष गरे ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले विधि र पद्धतिलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘यसमा पदाधिकारी कमरेडले जिम्मेवारी बोध गर्नुपर्छ । विधि र पद्धतिलाई आत्मसात् गर्नुपर्छ ।’
बुधबार र विहीबार ७४ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता कृष्णबहादुर महराका अनुसार शनिबार बिहान ११ बजे बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । आइतबारको बैठकमा अध्यक्षले जवाफ दिएर बैठक सक्ने माओवादीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com