ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छानबिन समिति माग्दा सरकार सूचना टाँसेर भागेको एमालेको आरोप


ABC NEWS

काठमाडौं १६ साउन । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को टकरावका कारण आज पनि प्रतिनिधि सभा बैठक बस्न सकेन।

दिउँसो १ बजेलाई बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरियो। सोमबार पनि बैठक सूचना टाँसेरै सारिएको थियो।

सुन प्रकरणमा सत्तारूढ दल र एमालेले आ-आफ्नो अडान राखिरहेका छन्। दुबैका अडानले बैठक बस्न नसक्ने देखिएपछि मंगलबार सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति बोलाएका थिए। उक्त बैठकमा एमालेले आकस्मिक समयमा सबै दललाई आफ्ना कुरा राख्न दिने र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि बोल्न दिने बताएको थियो।

‘संसद्को आकस्मिक समयमा हामीले पनि आफ्ना कुरा राख्छौं, अरू दललाई पनि राख्न दिन्छौं। गृहमन्त्रीलाई पनि सदनसमक्ष आफ्ना कुरा राख्नुहोस् भनेका थियौं,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘गृहमन्त्रीले दिने जवाफको आधारमा हामी निर्णय लिन्छौं भनेका थियौं। उहाँहरूले छानबिन समितिमा तदारूकता पनि देखाउनु भएको थिएन।’

सभामुख घिमिरेलाई निर्णयको जिम्मा दिएर एमाले बाहिरिएपछि सूचना टाँस गरेर बैठक स्थगित गरेको थाहा पाएको नेम्वाङले बताए।

‘हामीले त समितिको माग गरेका थियौं, उहाँहरू सूचना टाँस गरेर स्थगित गर्ने दिशातिर जानुभयो,’ नेम्वाङले भने।

सभामुख घिमिरेको सचिवालयले भने सत्ता पक्ष र विपक्ष आ–आफ्नो अडानमा यथावत् रहेकाले सहमतिमा पुग्न समय दिएको बतायो।

‘कार्यव्यवस्थाको बैठकमा प्रमुख प्रतिपक्षले सुन काण्डमा उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो। तर, सत्ता पक्षले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको र पक्राउ परिरहेकाले अलग्गै संयन्त्र बनाएर छानबिन गर्नुनपर्ने बताइरहेको थियो। दुबै पक्षबीच कुरा नमिलेकाले सदन चल्ने अवस्था देखिएन,’ सभामुखको सचिवालयले भन्यो।

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गतेका लागि बोलाइएको छ। दुबै पक्ष सहमत भएर निकास ननिस्किँदासम्म सदन चल्ने अवस्था नदेखिएकाले बैठक स्थगनको सूचना टाँस्नु परेको सभामुखको सचिवालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com