ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा ट्याक्टरले ठक्कर दिँदा एक प्रहरीको मृत्यु


ABC NEWS

धनगढी १५ साउन । कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। अर्का गम्भीर घाइते भएका छन्।

हिजो आइतबार बेलुका जिल्लाको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा ट्याक्टरले ठक्कर दिएर गम्भीर घाइते भएका कपिल कठायतको राति मृत्यु भएको हो।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले जानकारी दिए।

कठायत कञ्चनपुरको वाणीस्थित प्रहरीको विशेष सुुरक्षा गणमा प्रहरी जवान पदमा कार्यरत थिए।

दुर्घटनामा अर्का प्रहरी जवान घाइते भएका छन्। मोटरसाइकलमै सवार प्रहरी जवान हेमराज दाउका गम्भीर घाइते भएक हुन्। उनको माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ आइरहेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते दाउका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। वाणीस्थित विशेष सुरक्षामा कार्यरत श्रीमतीलाई भेट्न त्यही गणमै कार्यरत प्रहरी जवान कठायतसँगै उनी आइरहेका थिए।

कार्यालय फर्किरहेका कठायत बाटोमै दुर्घटनामा परेका हुन्। श्रीमती भेट्न गएका अर्का प्रहरी जवान दाउका अस्पतालको शय्यामा पुगेका छन्।

ट्याक्टर चालक फरार छन्। प्रहरीका अनुसार ट्याक्टर धनीलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com