ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीसँग एकता गर्न बाबुरामको ९ बुँदे प्रस्ताव, नाम र झन्डा परिवर्तन गर्नु पर्ने (प्रस्तावसहित)


ABC NEWS
श्रावण १५, २०८० सोमबार  ८ : ३९ बजे

काठमाडौँ १५ ससाउन । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ ।

माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।

एकतासम्बन्धी प्रस्तावमा नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्ने भन्दै सार र रुपबीच तादाम्यता मिलाउन पार्टी एकतापछिको एकीकृत पार्टीको नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रुपबिच तादाम्यता हुनुपर्दछ । त्यसैले नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ’, नेसपाले माओवादीलाई पठाएको प्रस्तावको आठ नम्बर बुँदामा भनिएको छ ।

त्यस्तै आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव पनि नेसपाको रहेको छ । ‘मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्नेछ’, नेसपाले भनेको छ ।

साथै केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो ९राजनीतिक समिति० मा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।

आगामी साउन १७ गतेबाट सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भट्टराईको पार्टीका प्रस्तावबारे छलफल हुने नेताहरुको भनाइ छ ।

जसमा राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समिति, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।

त्यसैगरी नेसपाले संगठन समायोजन संख्यालाई भन्दा बृहत्तर समाजवादी ध्रुवीकरणको महान् उद्देश्यलाई केन्द्रमा राखेर गर्नुपर्ने र अध्यक्षपछि दोस्रो वरियतामा एक सहध्यक्षको व्यवस्था गर्नु पर्ने जनाएको छ । ‘सहध्यक्षको काम, कर्तव्य, अधिकार विधानमा व्यवस्था भए बमोजिम हुनेछ’, नेसपाको प्रस्तावमा भनिएको छ । नेसपाले संगठनात्मक सिद्धान्तमा एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सारेको छ । ‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ’, प्रस्तावमा भनिएको छ ।

साथै नेसपाले ध्रुवीरणका ६ आधारहरु तय गरेको छ । जसमा दार्शनिक, राजनीतिक, अर्थशास्त्र,समाजशास्त्र, संस्कृति तथा मनोविज्ञान, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिलाई औँल्याएको छ ।

समाजवादी मोर्चा घोषणाअघि नै यो प्रस्ताव पठाइएको भएपनि पछिल्लो समय भट्टराईले एकतामा चासो नदिएको समेत बताइएको छ । यद्यपि नेसपाका एकता पक्षधर नेताहरुले एकताका लागि बाबुरामसमक्ष दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com