ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीसँग एकता गर्न बाबुरामको ९ बुँदे प्रस्ताव, नाम र झन्डा परिवर्तन गर्नु पर्ने (प्रस्तावसहित)


ABC NEWS

काठमाडौँ १५ ससाउन । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ ।

माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।

एकतासम्बन्धी प्रस्तावमा नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्ने भन्दै सार र रुपबीच तादाम्यता मिलाउन पार्टी एकतापछिको एकीकृत पार्टीको नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रुपबिच तादाम्यता हुनुपर्दछ । त्यसैले नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ’, नेसपाले माओवादीलाई पठाएको प्रस्तावको आठ नम्बर बुँदामा भनिएको छ ।

त्यस्तै आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव पनि नेसपाको रहेको छ । ‘मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्नेछ’, नेसपाले भनेको छ ।

साथै केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो ९राजनीतिक समिति० मा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।

आगामी साउन १७ गतेबाट सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भट्टराईको पार्टीका प्रस्तावबारे छलफल हुने नेताहरुको भनाइ छ ।

जसमा राजनीतिक समिति सदस्यहरूलाई केन्द्रीय समिति, केन्द्रीय समितिमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय सदस्यहरुलाई वैकल्पिक केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।

त्यसैगरी नेसपाले संगठन समायोजन संख्यालाई भन्दा बृहत्तर समाजवादी ध्रुवीकरणको महान् उद्देश्यलाई केन्द्रमा राखेर गर्नुपर्ने र अध्यक्षपछि दोस्रो वरियतामा एक सहध्यक्षको व्यवस्था गर्नु पर्ने जनाएको छ । ‘सहध्यक्षको काम, कर्तव्य, अधिकार विधानमा व्यवस्था भए बमोजिम हुनेछ’, नेसपाको प्रस्तावमा भनिएको छ । नेसपाले संगठनात्मक सिद्धान्तमा एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सारेको छ । ‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ । आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ’, प्रस्तावमा भनिएको छ ।

साथै नेसपाले ध्रुवीरणका ६ आधारहरु तय गरेको छ । जसमा दार्शनिक, राजनीतिक, अर्थशास्त्र,समाजशास्त्र, संस्कृति तथा मनोविज्ञान, अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिलाई औँल्याएको छ ।

समाजवादी मोर्चा घोषणाअघि नै यो प्रस्ताव पठाइएको भएपनि पछिल्लो समय भट्टराईले एकतामा चासो नदिएको समेत बताइएको छ । यद्यपि नेसपाका एकता पक्षधर नेताहरुले एकताका लागि बाबुरामसमक्ष दबाब बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com