ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गौर नरसंहार’ लाई लिएर रौतहटका दलहरू विभाजित : प्रभु साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय मोर्चाको माग


एबीसी न्यूज

जनकपुरधाम । ‘गौर नरसंहार’ लाई लिएर रौतहटका दलहरू विभाजित देखिएका छन् । गौर हत्याकाण्डपीडित संघर्ष समितिले दोषीलाई कारबाहीको माग गर्दै साउन १ गते गौरमा प्रदर्शन गरेको थियो । उक्त समितिले २०६४ चैत ७ मा भएको गौर हत्याकाण्डका मुख्य दोषी जसपा अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै दोषीहरूमाथि कारबाही गरेर न्याय दिन संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

पीडित संघर्ष समितिका अध्यक्ष रुपसागर देवी हुन् । उनकै नेतृत्वमा १७ वर्षपछि पुनः आन्दोलन सुरु भएको छ । घटनाका दोषीहरूमाथि कारबाही गर्न समितिले साउन १६ गतेसम्मका लागि अल्टिमेटमसमेत दिएको छ । र, प्रशासनले कारबाही अगाडि नबढाए साउन १७ गतेदेखि रौतहट जिल्ला अनिश्चितकालिन बन्द गरिने चेतावनी दिइएको छ ।

यो आन्दोलनमा रौतहटमा स्वतन्त्रबाट जितेका पूर्व माओवादी नेता तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको समर्थन छ । उनले पनि गौर हत्याकाण्डमा उपेन्द्र यादव नै मुख्य योजनाकार बताउँदै कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

उनको अभिव्यक्तिकै कारण रौतहटमा अर्को काउण्टर आन्दोलन सुरू भएको छ । जसपाले प्रभु साहलाई नै गौर हत्याकाण्डमा दोषी दाबी गर्दै ६ दलीय मोर्चालाई आन्दोलनमा उतारेको हो । प्रभु साहविरुद्ध आन्दोलन गर्न पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । समितिमा जनमत पार्टी, लोसपा, नेपाली काँग्रेस, नेकपा एस, जसपा र माओवादी केन्द्रका प्रतिनिधि समेत छन् ।

समितिले आज गौरमा प्रभु साहविरुद्ध प्रदर्शन गरेको छ । विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशिनाथ तिवारीको हत्यामा साहको संलग्नता रहेको भन्दै उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउन समितिले माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com