ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष


एबीसी न्यूज

काठमाडौं, ९ साउन । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो ।
अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शैय्या छुट्याइएको थियो । वीर अस्पतालमा सञ्चालनमा आएको  विशिष्ट र अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले सबै प्रकारका स्वास्थ्य उपचार देशभित्रै गर्नका लागि वीर अस्पतालमा शैय्या थप गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टोली बनाएका छौँ । त्यही टोलीले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।” अस्पतालको सेवा प्रवाह थप राम्रो बनाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० र वीरका पदाधिकारीलाई मन्त्री बस्नेतले निर्देशन दिनुभयो ।
न्याम्सका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको विशिष्ट र अतिविशिष्ट उपचार विशेषज्ञ समितिमा डा किरण श्रेष्ठ, डा धु्रव गैरे, डा रविराम श्रेष्ठ, डा शैली प्रधान, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी, डा सुभाष आचार्य, डा सुन्दुक रुइत, डा शशी शर्मा, डा रत्न गजुरेल, डा भोला रिजाल, डा मनबहादुर केसी र डा रमेश चोखानी हुनुुहुन्छ ।
उपकुलपति डा बस्नेतले यसअघि पनि भिआइपी र भिभिआइपी उपचारका लागि बहिरङ्ग सेवा लिन आए पनि केही समययता भर्ना नभएको बताउनुभयो । उहाँले अस्पताल सुविधा सम्पन्न बनाएसँगै  उपचारका लागि विशिष्ट र अतिविशिष्ट व्यक्ति आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com