ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले भियतनामलाई दियो युद्धपोत : आईएनएस कृपाणको विशेषता के छ ?


एबीसी न्यूज

काठमाडौं, ९ साउन। भारतले भियतनामलाई मिसाइल हतियारले भरिपूर्ण युद्धपोत दिएको छ । भारतको यो निर्णयलाई चीनविरुद्ध भारतले चालेको रणनीतिक कदम भनेर टिप्पणी गरिएको छ । गत शनिबार भारतले ‘आईएनएस कृपाण’ नामको युद्धपोत भियतनामको सेनालाई दिएको हो । भारतले मिसाइसहितको युद्धपोत कुनै देशलाई दिएको यो पहिलो पटक हो ।

भियतनामको केम राह्नमा आयोजित समारोहमा युद्धपोत हस्तान्तरणको प्रक्रिया पूरा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भारतका नेभी प्रमुख एडमिरल आर हरि कुमारले भारतको इतिहासमै पहिलोपटक लडाकु जहाज कुनै मित्र देशलाई दिइएको यो क्षण ऐतिहासिक भएको बताए ।

उनले भारतीय नौसेनाको सबैभन्दा राम्रो र सबैभन्दा लामो समयसम्म सेवा दिएको युद्धपोतमध्येको एक कृपाण भियतनाम पिपुल्स नेभीलाई हस्तान्तरण समारोहमा सहभागी हुन पाउनु आफ्नो लागि पनि निकै सम्मानको विषय भएको बताए ।

आईएनएस कृपाणको विशेषता के छ ?

आईएनएस कृपाण भारतमै बनेको युद्धपोत हो । यसबाट मिसाइल प्रहार गर्न सकिन्छ । यसलाई सन् १९९१ मा भारतको सामुद्रिक सेना (नौसेना) मा सामेल गरिएको थियो । यो भारतीय नौसेनाको इस्टर्न फ्लिटको एक महत्वपूर्ण हिस्साको रुपमा रह्यो ।

३२ वर्षको सेवा पछि यसलाई हटाइयो र भियतनाम सेनालाई हतियारसहित हस्तान्तरण गरियो ।

यो युद्धयोतमा १२ अधिकारीहरुसहित १०० सैनिकले काम गर्दै आएका थिए । ९० मिटर लामो र १०.४५ मिटर चौडाइको यो युद्धपोत सबै हातहतियारसहित १ हजार ४५० टन वजनको छ ।

चीनसँग जोड्नु कति उचित ?

चीन र भियतनामबीच समुद्री सिमानाको विवाद कायम छ । चीन र भारतबीच पनि सीमा समस्या लगायतका कारण राम्रो सम्बन्ध छैन । अर्कोतर्फ भारतले भियतनामलाई पटक-पटक रक्षा सहयोग उपलब्ध गराउँदै आएको छ ।

भारत र भियतनाम दुवैको आ-आफ्ना छिमेकी देशसँग जटिल समीकरण छ । भियतनामसँग कुनै देशको सैन्य साझेदारीलाई चीनले दक्षिण चीन सागरमा आफ्नो सम्प्रभूताको दाबीविरुद्धको कदम ठान्दछ । यस्तो पृष्ठभूमिमा आईएनएस कृपाण युद्धपोत भारतले भियतनामलाई दिनुलाई कतिपयले चीनविरुद्ध भारतको रणनीतिक कदम भन्ने गरेका छन् ।

विदेश मामिलाका जानकार रबिन्दर सचदेवाका अनुसार भारतले भियतनामलाई युद्धपोत दिनु दुई देशबीचको सम्बन्धमा ठूलो कदम हो । किनभने चीनसँग दुवै देशको सम्बन्ध राम्रो छैन । दक्षिण चीन सागरमा दुवै देशको स्वार्थ जोडिएको छ । त्यसैले यसलाई चीनसँग जोडेर हेर्दा गलत हुँदैन ।

यद्यपि भारतले धेरै पटक भन्दै आएको छ कि भारत-भियतनाम रक्षा सहयोगको चीन नीतिसँग कुनै लेनादेना छैन ।

भियतनाम आसियान (दक्षिणपूर्व एशियाली देशहरुको संगठन)को एक महत्वपूर्ण सदस्य हो र दक्षिण चीन सागर क्षेत्रमा चीनसँग यसको विवाद छ । भारतले दक्षिण चीन सागरको भियतनामी जल क्षेत्रमा तेल खोज्ने परियोजना चलाइरहेको छ ।

भारत र भियतनाम पछिल्लो केही वर्षयता साझा हित रक्षाका लागि समुद्री सुरक्षा सहयोग बढाइरहेका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार जुलाई २००७ मा भियतनामका तत्कालीन प्रधानमन्त्री गुयेन ट्यान डंगले भारत भ्रमणको क्रममा दुवै देशबीचको सम्बन्ध रणनीतिक साझेदारीको स्तरसम्म बढेको थियो ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भियतनाम भ्रमणको क्रममा द्वीपक्षीय सम्बन्ध व्यापक रणनीतिक साझेदारीसम्म बढेको थियो । त्यसपछि भियतनाम भारतको एक्ट इस्ट नीति र इन्डो प्यासिफिक भिजनको एक महत्वपूर्ण साझेदार बन्यो । र, केबल भारत मात्र नभई अन्य देश पनि भियतनामसँग सम्बन्ध सुमधुर बनाउन कोसिसमा छन् ।

विदेश मामिलाका जानकार रविन्दर सचदेव भन्छन्– यहाँसम्म कि विगतमा भियतनामसँग सम्बन्ध बिग्रिएको अमेरिका पनि अब नजिकिने कोसिसमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

इरानमा शासन परिवर्तनको सही मार्ग !

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com