ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँका भन्दा राजमार्ग केन्द्रित स्थानीय तहमा जनसङ्ख्या बढ्दो


एबीसी न्यूज

काठमाडौं, ८ साउन । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढ्दो छ ।

पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । दश पालिकामध्ये चार पालिकाको जनसङ्ख्या बढेको छ भने छ पालिकाको जनसङ्ख्या घटेको छ । बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अवधिमा घटेको छ ।

राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या भने बढेको छ । बन्दीपुरको शुन्यद शमलव ७४, भानुको शुन्य दशमलव ६५, भिमादको शुन्य दशमलव ६७, देवघाटको शुन्य दशमलव ९७, घिरिङको दुई दशमलव ८६ र ऋषिङको शुन्य दशमलव ५२ ले ऋणत्मकमा जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

आँबुखैरेनीमा शुन्य दशमलव ६६, व्यासमा एक दशमलव ११, म्याग्देमा शुन्य दशमलव ४५ र शुक्लागण्डकीमा एक दशमलव ३२ ले जनसङ्ख्या बढेको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार १३ रहेकामा विसं २०७८ को जनगणना अनुसार घटेर १८ हजार पाँच सय ३२ छ । भानु नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४५ हजार सात सय ९२ रहेकामा विसं २०७८ मा ४२ हजार सात सय ९४ पुगेको छ ।

भिमाद नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ३१ हजार तीन सय ६२ रहेकामा विसं २०७८ मा २९ हजार दुई सय ४८, देवघाट गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १६ हजार एक सय ३१ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ४८ पुगेको छ । त्यस्तै घिरिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १९ हजार तीन सय १८ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ८४ र ऋषिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २५ हजार आठ सय ७० रहेकामा विसं २०७८ मा घटेर १७ हजार नौ सय १८ पुगेको छ ।

आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार सात सय ६८ रहेकामा विसं २०७८ मा बढेर २२ हजार दुई सय ५२ पुगेको छ । व्यास नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ७० हजार तीन सय ३५ रहेकामा विसं २०७८ मा बढेर ७८ हजार नौ सय ३९ पुगेको छ । म्याग्दे गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २२ हजार पाँच सय दुई रहेकामा विसं २०७८ मा बढेर २३ हजार पाँच सय ७८ पुगेको छ ।

शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४८ हजार चार सय ५६ रहेकामा विसं २०७८ मा बढेर ५५ हजार छ सय २० पुगेको छ । सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण सहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसङ्ख्या घट्दो क्रममा रहेको तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्याल बताउनुहुन्छ ।

“ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइँसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको हो”, उहाँले भन्नुभयो । गाउँमा किन जनसङ्ख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले बताउनुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय तह योजना बनाएर बसाइँसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ ।” पछिल्लो समय ग्रामीण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उहाँको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ – स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरण: यी हुन् छानबिन समितिका ९ कार्यादेश

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा – शाही

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com