ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थापनाको १७ वर्षपछि एक्समा परिणत हुँदै ट्विटर चरो


एबीसी न्यूज
श्रावण ८, २०८० सोमबार  १२ : ५८ बजे

काठमाडौँ, ८ साउन । आइतबार साँझ ट्विटरका मालिक इलन मस्कले आफ्ना कर्मचारीहरूलाई एक इमेल पठाए र अबउपरान्त कम्पनी एक्स मा परिणत हुने घोषणा गरे । ट्विटरको स्वामित्व ग्रहण गर्ने बित्तिकै सो कम्पनीलाई ुएक्स कर्पोरेसनु मा परिणत गरिसकेका मस्कले सो इमेल आफूले ट्विटरको ठेगानाबाट पठाउने अन्तिम इमेल भएको र सोमबारदेखि ट्विटरको परिचित लोगो परिवर्तन हुने बताएका हुन् । अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्विट गर्न सुरू गरेका थिए । पहिले एक्स अक्षर मात्रै ट्विट गरेका उनले त्यसपछि आफूहरूले बिस्तारै ट्विटरको अहिलेको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका हुन् ।

यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लाटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । ट्विटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनस्ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छिन् ।ट्विटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्वीकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने फरेस्टर रिसर्चका निर्देशक माइक प्रोल्क्सले रोयटर्ससँगको कुराकानीमा भनेका छन् । एकातर्फ हामी उनले आफ्नो चिरपरिचित ब्रान्डलाई त्याग्न लागेको तर्क दिन सक्छौं,माइक भन्छन्, अर्कोतर्फ ट्विटर आफ्नो पुराना दिनलाई बिस्तारै फेर्दै फरक दिशा र फरक प्रयोगकर्ताहरू तर्फको नयाँ बाटोमा अघि बढेको पनि भान हुन्छ ।

सन् २००६ को मार्चमा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र एभान विलियम्सले अहिलेको चर्चित चरोसहित स्थापना गरेको ट्विटर त्यही वर्षको जुलाइबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको थियो । त्यसयता प्लाटफर्मको लोगोको रङ र शैलीसँगै प्रमुखहरू फेरिए पनि मूल लोगो र ट्विटको शैली उस्तै रहँदै आएकोमा सन् २०२२ मा मस्कले खरिद गरेपछि विभिन्न सफल र असफल प्रयोग हुँदै आएको छ । त्यसयता मस्कले कम्पनीका आधाभन्दा बढी कर्मचारीलाई अवकाश दिइसकेका छन् । अवकाश प्रक्रियालाई लिएर अनेक कानुनी र प्राविधिक झमेलामा उनी पर्दै आएका छन् । अहिले प्रस्तावित एक्स डटकम सन् १९९९ मा मस्कले ह्यारिश फ्रिकर, क्रिस्टोफर पायने र एड होसँगको साझेदारीमा क्यालिफोर्नियाको पाओ आल्टोमा स्थापना गरेको अनलाइन बैंक हो ।

सन् २००० मा एक सफ्टवेयर कम्पनीसँग मिलेर एक्स डटकमलाई पेपलमा परिणत गरेका मस्क र उनका साझेदारले सन् २००२ मा इबेलाई उक्त कम्पनी डेढ अर्ब डलरमा बिक्री गरे । २०१५ यता पेपल स्वतन्त्र कम्पनी बनेपछि २०१७ मा मस्कले एक्स डटकमको डोमेन पेपलसँग पुनस् खरिद गरेका थिए, अहिले एक्सडटकमलाई ट्वीटरमा रिडिरेक्ट गर्ने गरी राखिँदै आएको थियो । केही हप्ताअघि पैसा नतिर्ने प्रयोगकर्ताले दैनिक हेर्न मिल्ने पोस्टको कोटा तोक्न लगाएका मस्कले पछिल्ला दिनमा भेरिफिकेसन नकिन्नेले पठाउन मिल्ने डिरेक्ट म्यासेज (डीएम)को संख्या सीमित गर्ने र बिस्तारै लामा लामा लेखहरू पोस्ट गर्न दिने मात्रै नभइ भेरिफाइ गरेका कम्पनीलाई लिंक्डइन शैलीको रोजगारीका अवसर पनि प्रकाशित गर्न दिने घोषणा गरिएको छ । ४४ अर्ब डलरमा खरिद बिक्री भएयता घट्दो विश्वसनीयता र समस्याको चाङसँग जुध्दै आएको सो कम्पनीलाई मस्कका पछिल्ला प्रयासले कुन दिशा दिने हो, हेर्न रोचक हुने प्रविधि विज्ञहरूको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com