काठमाडौ साउन ८ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी त्यसतर्फ प्रस्थान गरेका हुन ।
कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ(आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानुहुने कार्यक्रम छ । पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्