ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडियामा सीपीसीको एकल बहुमत, यस पटक जेठा छोरा मानेटलाई प्रधानमन्त्री दिने घोषणा


एबीसी न्यूज

काठमाडौं । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी० ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ ।

तर, आलोचकहरूले कम्बोडियाको यस चुनावलाई दशकहरूमा सबैभन्दा कम स्वतन्त्र र निष्पक्ष भएको बताएका छन् । प्रतिपक्षीको अनुपस्थितिमा भएको यो निर्वाचनले मुलुकको लोकतन्त्रको खिल्ली उडाएको उनीहरूको भनाई छ ।

आइतबार चुनाव सकिएको केही घण्टापछि सीपीपीका प्रवक्ता सोक आइसनले भने, ‘हामीले शानदार जित हासिल गरेका छौँ तर अहिलेसम्म जितेको सिटको संख्याको स्पष्ट आंकडा छैन।’

यस अघि हुन सेनले आइतबार ८४ प्रतिशत मतदान भएको बताएका थिए । उनले सिट संख्याको बारेमा अहिलेसम्म कुनै जानकारी नभएको तर सत्तारुढ कम्बोडियन पिपुल्स पार्टीले ठूलो जित हासिल गरेको भने भन्न सक्ने बताएका छन् ।

एसियाकै सबैभन्दा लामो समय सेवा गर्ने ७० वर्षीय हुन सेनले पछिल्लो ३८ वर्षमा आफ्नो पार्टीको शक्ति लगातार बढाउँदै आएका छन् तर उनले यस पटकको चुनाव जितेर जेठा छोरा हुन मानेटलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने घोषणा गरेका छन् ।

उनका छोरा ४० वर्षीय हुन मानेट वेस्ट प्वाइन्टको युएस मिलिटरी एकेडेमीबाट स्नातक, न्यूयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर र बेलायतको ब्रिस्टल विश्वविद्यालयबाट पीएचडी गरेका हुन्। उहाँ हाल कम्बोडियाको सेना प्रमुख छन् ।

विपक्षी र मानव अधिकार समूहहरूले चुनावको विश्वसनीय प्रतिस्पर्धाको अभाव र हुन सेनको बलियो रणनीतिको लागि आलोचना गरेका छन्। हुन सेनले कम्बोडियामा आफ्नो शासनको विरुद्धमा भएका सबै विरोध प्रदर्शनलाई दबाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com