ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वनरक्षकको लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्नोत्तर


एबीसी न्यूज

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको छ।

विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’उक्त पुस्तकको पेज नम्बर १४३ मा केटी ९महिला०हरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएको छ।

पुस्तकको १४३ पेजको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक कुरा सोधिएको हो।

त्यसपछि जवाफको अप्सनमा राखिएको छ।

उक्त प्रश्नलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। उक्त कितावको विवादित प्रश्नोत्तर सार्वजनिक भएपछि विद्या विकास पब्लिकेसन्सका सञ्चालक बाबुराम आचार्य तनावमा छन्।

कलंकीमा रहेको आफ्नो प्रेसबाट पुस्तक छापेपछि उनले कार्यालयको फोन नम्बर पनि राखेका थिए। उक्त प्रश्नलाई लिएर आचार्यले अहिले जवाफ दिएर भ्याइ नभ्याइ भएको छ।

‘लेखकले लेखेर ल्याएपछि हामीले किताब छापिदिएको हो। हामीलाई भित्रको कन्टेन्ट के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘लोकसेवाका लागि पुस्तक लेखिरहने सरले ल्याएपछि सबै हेरिरहने कुरा पनि भएन। सरले ल्याएपछि हामीले प्रकाशित गरिदिएका हौँ।’

उनले उक्त पुस्तकमा भएको विवादित कन्टेन्टलाई लिएर फोन आइरहेको बताए। ‘हामीलाई फोन आएको आयै छ। उता हामीले सरसँग सम्पर्क गरिरहेका छौँ। उहाँले अहिले बैठकमा व्यस्त छु भन्नु भएको छ’, उनले भने, ‘उहाँसँग कुरा भएपछि बजार पठाइएका सबै पुस्तक फिर्ता गर्ने वा कन्टेन्ट सच्याएर फेरि छाप्ने कुराबारे निर्णय लिन्छौँ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सम्बन्धित

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १ हजार दिराम माथि

दुई सचिवको जिम्मेवारी साटफेर

यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ – स्वर्णिम वाग्ले

भिजिट भिसा प्रकरण: यी हुन् छानबिन समितिका ९ कार्यादेश

सरकारले बनाएको छानबिन समिति अपराध ढाकछोप गर्ने नयाँ प्रोपोगाण्डा – शाही

इरानले कतारको अमेरिकी सैन्य अड्डामा मिसाइल हानेपछि ६० भारतीय उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com