ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि पोखरा बसपार्क क्षेत्रको सडकमा पार्किङ बन्द


एबीसी न्यूज

काठमाडौ, साउन ७ । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ ।पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल ९चाइनापुल० सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो ।महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए

।बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै साना, ठूला सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । ‘क्युमा बस्ने लामो दूरीका बसमात्रै बाहिर राखिन्छ । बाँकी सबैलाई सडकमा पार्किङ नगर्न सूचना जारी गरेका छौं’, तिमिल्सिनाले भने ।पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । यही बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १८७ रोपनी छुट्याइएको थियो ।

तर, अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ ।बसपार्कको जग्गामा अनधिकृत बसोबास बढ्दा अधिकांश सवारी साधन बसपार्क बाहिर पृथ्वीराजमार्गकै किनारामा पार्किङ गर्ने गरिएको छ ।महानगरका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ ।बसपार्क क्षेत्रमा सडक पार्किङ बन्द गर्न आज बिहानैदेखि महानगर प्रतिनिधि, ट्राफिक प्रहरी लगायत खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com