ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण कोरियाद्वारा उत्तरसँग वार्ता प्रस्ताव


admin
श्रावण २, २०७४ सोमबार  ३ : ३६ बजे

सोल, २ साउन । दक्षिण कोरियाले उत्तरसँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको छ ।

रेड क्रसले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको दुई दिनपछि दक्षिणले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेको हो ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले सो समय माग गरेको हो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको हो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा आगामी शुक्रबार नै वार्ता गर्न प्रस्ताव राखेको छ ।

तर रेड क्रसले भने सो वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ । तर यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कमगर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यदि यो प्रस्ताव उत्तर कोरियाले मान्यो भने सन् २०१५ को अक्टोबर पछि पहिलो पटक दुवै देशका तर्फबाट परिवारहरुको पुनर्मिलन हुने छ । ती परिवारमध्ये सबैजनालाई नभएर छानिएका व्यक्तिलाई मात्र एक वा दुई दिनसम्म आफन्तसँग बस्न दिइने छ ।

कोरिया यद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यस लगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजार भन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले केही महिना अघि दिनुभएको सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम कोरियाली प्रायद्वीपका लागि मात्र नभएर विश्वकै लागि पनि शान्ति भङ्ग गर्ने खतरा हो भन्नुभएको थियो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताउनुभएको थियो ।

उहाँको यही प्रयासपछि पछिल्लो समयमा दक्षिण कोरिया उत्तर कोरियासँग नरम भएको अनुमान कतिपयले गरेका छन् । तर निरन्तर रुपमा उत्तरले गरेको आणविक परीक्षणका कारण भने कोरियाली प्रायद्वीपमा अशान्ति कायमै छ ।

उहाँले गत महिना अमेरिकाको भ्रमण गर्नुभएको थियो । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको र वार्ताले आपसी हितका अतिरिक्त कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि वातावरण निर्माणमा सहयोग पुग्नेगरी आधार तय गरेको उहाँको धारणा थियो ।

विश्व समुदाय र संयुक्त राष्ट्रसंघले समेत हतियारको होडबाजीका रुपमा आणविक परीक्षणजस्ता क्रियाकलापहरु गरेर परिस्थितिलाई उत्तेजक बनाउने काम नगर्न गरिएका बारम्बारका अनुरोधहरुका बाबजुद पनि उत्तर कोरियाले भने आणविक परीक्षणलाई निरन्तरता दिँदै आएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

सम्बन्धित

अमेरिका र इरानबीच युद्धविराम सम्झौता: पाकिस्तानको मध्यस्थतामा २ हप्ताको ‘युद्धविराम’

अमेरिकाले अरब संसार गुमाइसकेको छ

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

झण्डै ४० मिनेट सम्पर्कबाहिर रहेर आर्टिमिस–२ अन्तरिक्षयान पुन: सम्पर्कमा

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

चीनले इरानको युद्धलाई कसरी हेर्छ ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com