ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लम्पी स्किनको प्रभाव : २६ हजार पशुचौपायाको मृत्यु, छ लाख सङ्क्रमित


एबीसी न्यूज

काठमाडौ साउन ५ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा छ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि एको छ ।तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन् । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा छ सय ३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ । “तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया सङ्क्रमित हुँदै आएका छन्”, डा अवस्थीले भने, “यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो ।

”‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा दुई लाख ३३ हजार पाँच सय पशुचौपाया सङ्क्रमित भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका अधिकृत पुष्करराज नाथले जानकारी दिए। कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार तीन सय ९३ गाई, २१ हजार तीन सय ५१ गोरु र एक लाख १३ हजार तीन सय २७ भैँसी यसबाट सङ्क्रमित भएका छन् । कैलालीमा लम्पी स्किनबाट हालसम्म छ सय ५७ पशुचौपाया मरेको तथ्याङ्क छ ।

यसैगरी लम्पी स्किनबाट बझाङमा चार हजार छ सय २३ पशुचौपाया मरेका छन् । सबैभन्दा कम कञ्चनपुरमा १८ पशुचौपाया सो रोगबाट मरेको तथ्याङ्क छ । यस्तै अछाममा एक हजार छ सय ७८, डोटीमा तीन हजार छ सय ७९, बाजुरामा सात सय ५३ र दार्चुलामा एक हजार छ सय ६९ र डडेल्धुरामा दुई हजार तीन सय ९६ पशुचौपाया लम्पी स्किनबाट मरेको तथ्याङ्क छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीमा प्रमुख गुमानीदत्त पन्तले रोगको नियन्त्रणका लागि पहल भइरहेको जानकारी दिए । “मन्त्रालय र स्थानीय तहको पहलमा औषधि वितरण गर्ने काम भइरहेको छ । पालिकामार्फत पशुपालक किसानलाई औषधि वितरण गरिँदै छ”, उनले भने । औषधि र खोप अभाव भएको पन्तले बताए ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

कमलादीस्थित हामा आइरन स्टिल्समा आगलागी

कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

मन्त्रिपरिषद् बैठक बस्दै, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने तयारी

गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com