ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको मणिपुरमा यौन हिंसाको भिडियो सार्वजनिक, फाँसी दिने मुख्यमन्त्रीको चेतावनी


एबीसी न्यूज

 

काठमाडौं ४ साउन। भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसात्मक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ ।

भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भए लगत्तै भारतका सत्ता पक्ष तथा विपक्ष दलका नेताहरूले घटनाप्रति आपत्ति जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाबाट आफ्नो हृदय पीडाले भरिएको बताएका छन् । उनले घटनाका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने पनि बताएका छन् ।

मणिपुरमा भइरहेको हिंसाका बारेमा मोदीले केही नबोलेको भन्दै आलोचना भइरहेको थियो ।

मणिपुर प्रहरिले यो घटना ४ मेको भएको र घटनामा संलग्न अपरिचित समूहमाथि अपहरण, सामुहिक बलात्कार र हत्याको अभियोगमा मुद्दा चलाइएको बताएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि प्रहरीले बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मणिपुरका मुख्यमन्त्री भारतीय जनता पार्टीका नेता वीरेन सिंहले दोषीलाई फाँसी दिने प्रयास गर्ने बताएका छन् । उनका अनुसार घटनामा संलग्न एक आरोपी पक्राउ परेका छन् । भारतको सर्वोच्च अदालतले पनि यो घटना जानकारीमा आएको भन्दै यसबारेमा २८ जुलाईमा सुनुवाइ गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com