ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट बरामद सुन ढुकुटीमा जम्मा, अरु प्रक्रिया के हुन्छ त ?


एबीसी न्यूज

 

काठमाडौं ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन काठमाडौंको बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्कार महाशाखाको ढुकुटीमा राखिएको छ । बिहीबार मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको हो ।
राजस्व अनुसन्धान विभागको टोलीले टक्सार महाशाखालाई सुन जिम्मा लगाएर फर्किएको हो । त्यसपछि सुनलाई ढुकुटीमा राखिएको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।

‘ढुकुटीमा सुन राख्यौँ’ भनेर टोली फर्किएको उनले बताए । उनका अनुसार राजस्वको टोलीले थप केही नभनेसम्म सुन ढुकुटीमै रहनेछ ।
“त्यसलाई गाल्नुपर्‍यो, परीक्षण गर्नुपर्‍यो भनेर राजस्व अनुसन्धानबाट पत्र लिएर आए प्रक्रिया अघि बढ्छ,” निर्देशक आचार्यले बाह्रखरीसित भने, “नभए त्यो ढुकुटीमै रहन्छ ।”
आफूहरूले अहिले त्यसलाई केही नगर्ने उनले जानकारी दिए ।
रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट सो सुन ल्याइएको थियो । विभागकै टोलीले सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।
मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको विभागले जनाएको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले जारी गर्‍यो सूचना

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब हिरासतमै रहने

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com