ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठका विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने


एबीसी न्यूज

काठमाडौं, ४ साउन । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ । नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०८० बमोजिम खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोटका लागि आवेदन खुलइएको हो ।
नगरपालिकाले खुलाएको आवेदनमा नगरभित्र कार्यरत योग्यता र क्षमता भएका शिक्षक शिक्षिकालाई आवेदन दिन आह्वान गरेको छ । त्यसका लागि आवेदकले आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ । आधारभूत तह कक्षा १ देखि ८ सम्मका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ । त्यसैगरी माध्यमिक तहका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने नगर शिक्षा शाखा प्रमुख उपसचिव ललितविक्रम सिंहले बताउनुभयो ।
प्रतिस्पर्धाका आधारमा छनोट गर्दा क्षमता भएका प्रधानाध्यापकले विद्यालयमा नेतृत्व होस् र अब्बल तरिकाले विद्यालयको नेतृत्व हुनुपर्छ भनेर नगरपालिकाले यस्तो तयारी गरेको नगर प्रवक्ता नवराज भट्टराईको भनाइ छ ।
यसअघि प्रावि र निमावि तहका प्रधानाध्यापक पनि लामो समयको अनुभव तथा जेष्ठताका आधारमा मावि तहसम्मका प्रअ हुने खालका परम्पराको अन्त्य गर्दै क्षमतावान शिक्षक छनोट गर्न र विद्यालयलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन आवेदन खुलाएको उहाँले बताउनुभयो ।
आवेदक सबैले कम्तीमा पाँच वर्ष स्थायी सेवा गरेको हुनुपर्ने, नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने आवेदनमा जनाइएको छ ।
बूढानीलकण्ठभित्र ११ मावि, पाँच आधारभूत र तीन प्रावि गरी कूल १९ सामुदायिक विद्यालय छन् । उम्मेदवारले आवश्यक कागजातका साथ नगरपालिकाको कार्यलयमा आफैँ उपस्थित भई शिक्षा, युवा तथा खेलकुद महाशाखामा बुझाउन अनुरोध गरिएको छ । अवेदन फाराम एक प्रति, नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु स्थायी नियुक्तिदेखि हालसम्मको नियुक्तिपत्रको प्रतिलिपि आफूले अध्यापन गरेको विषयमा पछिल्लो तीन वर्षको नतिजा सिटको प्रतिलिपि र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्तावसमेत पेस गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा पूँजीगत खर्च ४० प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com