ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न शिक्षकलाई तालिम


एबीसी न्यूज

काठमाडौं, ४ साउन । बागमती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका  करिब दुई सय शिक्षक शिक्षिकालाई एकैपटक तालिम दिन सुरु गरिएको उहाँले बताउनुभयो । शिक्षक शिक्षिकालाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम, बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ  ।
यसरी विभिन्न चरणका तालिममा सहभागी हुनुभएका शिक्षक शिक्षिकाले आआफ्नो विद्यालयमा प्रशिक्षकका रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताउनुभयो ।
नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । उहाँका अनुसार बालबालिकामैत्री पठनपाठनको अवधारणाअनुसार बागमती नगरपालिकाका सामुदायिक विद्यालय अगाडि बढिसकेका छन् ।
बागमती नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो । सामुदायिक विद्यालयले विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएका उहाँले बताउनुभयो ।
बृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि प्रशिक्षकका रूपमा सहयोग गरिराख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com