ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भन्सारबाट उम्किसकेको क्विन्टल सुन बरामद


एबीसी न्यूज

काठमाडौ साउन ४  हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पुर्‍याइएको करिब एक क्विन्टल सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो भने भन्सारका अधिकारीहरूमाथि प्रश्न उठेको छ ।मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना रहेको अधिकारीहरूको भनाइ छ ।

यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद भएको र केही व्यक्ति पक्राउ परेको पुष्टि गरे । ‘थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै तथ्य खुल्न बाँकी नै भएकाले विस्तृतमा अहिल्यै भन्न सक्ने अवस्था छैन ।’भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिदिएको थियो । ‘आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो । जसको तौल १ सय ५४ केजी उल्लेख छ ।

 

यस आधारमा करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन रु सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ ।’बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास हुन लागेको सामान शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर ट्याक्सीबाट बाहिरिएका दुई जना सिनामंगलमा समातिएका हुन्, पछि तीन जना पक्राउ परेका छन् । ‘सुनको बिस्कुटको आकार बिगारी स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याएको देखिन्छ ।

भन्सारमा भने स्कुटरको ब्रेक सु भन्ने घोषणा गरिएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।विभाग स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई १० दिनअघि नै प्राप्त भएको थियो । ‘हामीले विशेष टोली बनाएर काम गरिरहेका थियौं,’ स्रोतले भन्यो, ‘सुन समातिएको छ, प्रारम्भिक अनुसन्धानमा ५ जना पक्राउ परे पनि थप योजनाकारको खोजी गरिरहेका छौं ।’ अनुसन्धानका लागि भन्सार जाँचपास गराउने कर्मचारी तानिने छन् ।भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद भएपछि मंगलबारै भन्सार एजेन्टसँग केरकार गर्दा अरू दुई जनाको नाम खुलेको थियो ।

त्यसपछि बुधबार बुढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभाग स्रोतले जनाएको छ । मंगलबार बरामद गरिएको सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘रेडी ट्रेडर्स प्रालि’ का सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका हुन् ।

पाँचै जनालाई विभागको हिरासतमा राखिएको छ ।तस्कर गिरोहले सुन, विदेशी मुद्रालगायत अवैध वस्तु ओसारपसार गर्दा चेकजाँचमा कडाइ हुन नसकेपछि विमानस्थल भन्सार क्षेत्रमा प्रहरी उपस्थिति पनि गराउनुपर्ने माग उठिरहेको छ । तर, भन्सारले प्रहरी खटाउन मानेको छैन । त्यसको लाभ गिरोह र कतिपय अवस्थामा भन्सारकै कर्मचारीले उठाइरहेका छन् । केही दिनअघि मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सारमा प्रहरीको समेत उपस्थिति बढाउनेबारे कुराकानी भइरहेको जनाएका थिए ।

यसअघि विमानस्थलबाटै भित्रिएको तस्करीको सुन कारोबारीसँग हालै माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको समेत नाम मुछिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्विन्टल सुन मंगलबार राति बरामद गरिए पनि यो प्रकरण बुधबार साँझ मात्र सार्वजनिक गरिएको थियो ।

किन यति लामो समय लाग्यो भन्नेमा अधिकारीले दुई तर्क गरेका छन् ।पहिलो विषय बरामद गरिएको सामग्री सुन हो कि हैन भनेर छुट्याउनुपर्ने थियो, स्याम्पलमा टेस्ट गरेपछि सुन हो भन्ने पुष्टि भयो, पुष्टि नभई भन्न सकिँदैन थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दोस्रो विषय तस्करीसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्नका लागि पनि घटना बाहिर ल्याउन नहुने थियो । दुवै विषय निश्चित भएपछि बुधबार अनौपचारिक रूपमा घटना सार्वजनिक गरेका हौं ।’ औपचारिक रूपमा सार्वजनिक गर्न अझै केही दिन लाग्ने ती अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com