ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित राजदूतहरूको संसदीय सुनवाइ सुरु


एबीसी न्यूज

काडमाडौं ३ साउन

सरकारले सिफारिस गरेका विभिन्न मुलुक तथा नियोगका ६ जना राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सरकारद्वारा सिफारिस न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र संघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्री, कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूत धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टाराईको सुनुवाइ गर्न उजुरी आह्वानका लागि १० दिने सूचना जारी गर्ने निर्णय गरेको हो।

सरकारले सिफारिस गरेका राजदूत तथा विभिन्न नियोगहरूका प्रतिनिधिहरूको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनका लागि १० दिने सूचना जारी गर्ने प्रस्ताव बैठकले पारित गरेको समितिका सचिव एकराम गिरीले जानकारी दिए। उनले समितिको निर्णय अनुसार आजको मितिबाटै लागू हुने गरी समितिले सो उजुरी आह्वान गरिएको बताए।

‘नेपाल सरकारबाट सिफारिस भएका विभिन्न मुलुकका राजदूतहरूको सुनुवाइ प्रक्रिया आजबाट प्रारम्भ भएको हो। खासगरी विभिन्न नियोगका स्थायी प्रतिनिधि र राजदूत गरेर ६ जनाको सिफारिस छ उनले भने।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूतहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

सम्बन्धित

उपस्थित हुन भन्दै दिलभूषण पाठकका नाममा साइबर ब्यूरोले जारी गर्‍यो सूचना

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब हिरासतमै रहने

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

युद्धविरामका लागि ट्रम्पसँग समन्वय गरिदिन ओमान, कतार र साउदीलाई इरानको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com