काठमाडौ साउन ३ । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु अलैँची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको छ । मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९र८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी भएको छ ।आव २०७८र७९ मा सोही अवधिमा रु चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार चार सय ४३ केजी अलैँची भारत निकासी भएको थियो । गत आवको तुलनामा आव २०७९र८० मा अलैँचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो ।
अर्थात् तुलनात्मक रुपमा रु तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैँची निर्यात वृद्धि भएको छ ।यसैगरी, गत आवको तुलनामा आव २०७९र८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आव २०७९र८० मा रु तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।उनले अघिल्लो वर्षको तुलनामा रु ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताए ।
आव २०७८र७९ मा रु दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार छ सय ५९ केजी चिया निर्यात भएको थियो ।अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आव २०७९र८० मा रु ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार नौ सय ३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताए ।उनका अनुसार अघिल्लो वर्षको तुलनामा रु ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८र७९ मा रु ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो ।
अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, आव २०७९र८० मा रु ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ ।प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो वर्षको तुलनामा रु २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८र७९ मा रु ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।
प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक
पूर्वी नाकाबाट निकासी हुने वस्तुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक वर्ष २०७९र८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ ।मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९र८० मा रु एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ ।
जवकी आव २०७८र७९ मा रु १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो ।यसैगरी, आव२०७९र८० मा रु एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ । जवकि आव २०७८र७९ मा रु आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो ।कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ ।पहाडी जिल्लामा कच्चापदार्थ उत्पादन भए तापनि अलैँची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्राण्डिङ भने झापामा हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्