ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ५२ प्रतिशतले घट्यो घरजग्गा किनबेच, राजस्वमा पनि धक्का


एबीसी न्यूज

काठमाडौ साउन ३ । ‘काठमाडौंमा आर्थिक वर्ष २०७८र७९ को तुलनामा २०७९र८० मा झन्डै आधा मात्र घरजग्गाको कारोबार भएको छ। २०७८र७९ को तुलनामा २०७९र८० मा घरजग्गा कारोबार ५२ प्रतिशतले घटेको हो।२०७८र७९ मा कुल ५२ हजार चार सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। २०७९र८० मा भने २४ हजार आठ सय ३७ संख्यामा मात्र घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।विभागको तथ्यांकअनुसार घरजग्गा कारोबारसँगै कित्ताकाट संख्या पनि घटेको छ।२०७८र७९ मा काठमाडौंमा १२ हजार ७ सय ८७ संख्यामा जग्गा कित्ताकाट भएको थियो। यस्तो संख्या २०७९र८० मा ६ हजार ६ सय ९४ छ। घरजग्गा कारोबार कम भएसँगै सरकारले पाउने राजस्वमा पनि धक्का पुगेको छ।

राजस्व २०७९र८० मा ५२ प्रतिशतले नै घटेको छ।२०७८र७९ मा काठमाडौंमा घरजग्गा किनबेच बापत सरकारलाई १९ अर्ब ६५ करोड रूपैयाँ आम्दानी भएको थियो। आर्थिक वर्ष २०७९र८० मा नौ अर्ब २८ करोड रूपैयाँ मात्र आम्दानी भएको छ।आर्थिक वर्ष २०७९र८० को सुरूआती चरणदेखि नै घरजग्गा कारोबार सुस्ताएको थियो।२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो।

स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकियो। त्यसले घरजग्गा व्यवसायमा झनै असर पार्‍यो । अर्को, बैंकको ब्याजदरमा भएको वृद्धिसँगै कर्जा लगानीमा भएको सुस्तताले यसमा प्रभाव पारेको थियो।पछिल्लो समय यी समस्या समाधान उन्मुख हुँदै केही सुधार देखिए पनि घरजग्गा कारोबार माथि उठ्न सकेको छैन।तुलनात्मक रूपमा काठमाडौंका घरजग्गा बढी मूल्यका भएकाले कारोबार बढ्न नसकेको घरजग्गा व्यवसायी विनोद सुवेदीले बताए।
आर्थिक मन्दीका कारण घरजग्गा कारोबार बढ्न सकेको छैन।

त्यसमाथि काठमाडौंका जग्गा धेरै महँगा छन्,ु उनले भने।काठमाडौंबाहिरका घरजग्गा सस्तो हुने भएकाले अत्यावश्क बाहेकको लगानी काठमाडौंबाहिर नै हुने गरेको उनको भनाइ छ।पछिल्लो समय रेमिटेन्स राम्रो छ। तर त्यसले काठमाडौंमा जग्गा किन्न पुग्दैन,ु उनले भने, ुप्रायः त्यो पैसाबाट काठमाडौं बाहिर नै जग्गा किन्ने हुन्।ुघरजग्गा कारोबारमा थोरै सुधार देखिन थालेको भए पनि तत्काल यसले गति नलिने उनले बताए।अहिले अलिअलि घरजग्गा कारोबार हुन थालेको छ तर यसले गति लिन अझै एक वर्ष लाग्छ,ु सुवेदीले भने, ुसबै अवस्था सामान्य भएपछि मात्रै घरजग्गामा लगानी बढ्ने हो।ु

अहिले बैंकले पनि घरजग्गामा भन्दा अन्यत्र कर्जा प्रवाह गरेको उनले बताए।काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०७९र८० कै सबैभन्दा बढी जग्गा किनबेच असारमा भएको छ।विभागको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा असारमा दुई हजार ६ सय २२ संख्यामा घरजग्गा कारोबार भएको छ।त्योभन्दा अघिल्लो महिना, जेठमा दुई हजार पाँच सय २७ संख्यामा घरजग्गा कारोबार भएको थियो।चालु आर्थिक वर्षको पहिलो महिना, साउनदेखि नै काठमाडौंमा घरजग्गा कारोबार सुस्त थियो।

साउनमा १६ सय ५५ संख्यामा भएको कारोबार भदौमा भने एक्कासि बढेर दुई हजार पाँच सय ११ संख्या पुग्यो। तर यो कारोबारले निरन्तरता पाउन पाउन सकेन।असोजमा आएर आएर पुनः घट्यो। कात्तिकमा पनि उस्तै कारोबार भयो। असोजमा एक हजार पाँच सय ९६ संख्यामा कारोबार भएको थियो भने कात्तिकमा एक हजार पाँच सय ४७ संख्यामा कारोबार भयो।मंसिरमा भने घरजग्गा किनबेच थोरै उकालो लागेको थियो। मंसिरमा एक हजार नौ सय ८ संख्या र पुसमा एक हजार नौ सय ९ संख्यामा कारोबार भयो।

माघ फेरि केही बढेर दुई हजार एक सय ९० संख्यामा पुग्यो। फागुनमा दुई हजार एक सय ९६ संख्यामा कारोबार भयो।चैतमा दुई हजार दुई सय ५५ संख्यामा भएको कारोबार वैशाखमा एक हजार नौ सय २१ संख्यामा भयो।यसरी निरन्तर ओरालो लागिरहेको घरजग्गा कारोबार जेठ र असारमा थोरै सुधारिएको थियो।आर्थिक वर्ष २०७९र८० मा समग्र देशको घरजग्गा किनबेच संख्या पनि कम छ। आर्थिक वर्ष २०७८र७९ मा देशभर ४७ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो।आर्थिक वर्ष २०७९र८० मा ४४ हजार चार सय ८५ संख्यामा कारोबार भएको विभागको तंथ्याक छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com