ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ऐनापहरा’ नमूना पर्यटकीय गन्तव्य


एबीसी न्यूज

काठमाडौ साउन ३ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन थालिएको छ । पृथ्वी राजमार्गदेखि नजिककै रहेको ऐनापहरामा रहेका प्राकृतिक पहरा र ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ । ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए । ।

प्राकृतिकरुपमा रहेका सो क्षेत्रका ढुङ्गा तथा पहरालाई कुँदेर विभिन्न देवीदेवताका आकर्षक मूर्ति निर्माण गर्ने योजना छ । उद्यान निर्माणको जिम्मा श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीले पाएको छ । उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड १३ लाख बजेट विनियोजन गरी काम अघि बढाएको मगरले बताए ।“दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ । उद्यानको ६० प्रतिशतभन्दा बढी संरचना निर्माण गरिएको छ”, उनले भने।

त्यसैगरी ढुङ्गा तथा पहरामा खोपेर मूर्ति बनाउन थालिएको छ । उद्यान निर्माण उपभोक्ता समितिमार्फत रु ७९ लाखको लागतमा काम अघि बढाइएको इन्जिनियर मगरले बताए । उद्यानको प्रवेशद्वारमा विभिन्न मूर्ति बनाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । त्यसैगरी उक्त उद्यानसम्म बाटो, प्रवेशद्वार, शौचालय, उद्यानलगायत संरचना निर्माण भइरहेका छन् ।

ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोचका साथ आकर्षक उद्यान निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकाले तयार पारेको गुरुयोजनाअनुसार उक्त झरनालाई व्यवस्थित बनाउन रु दश करोड खर्च लाग्ने अनुमान गरिएको छ । उक्त स्थानमा सिसाको भ्युप्वाइन्ट निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले यो युद्ध कसरी हार्न सक्छन् ?

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

बजेटमा गणेशमान सिंहको अपमान गरेको भन्दै सहरी विकासमन्त्रीलाई माफी माग्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com