ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुविवाहबाट जोगिन पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले हाले सम्बन्धविच्छेदको मुद्दा


एबीसी न्यूज

काठमाडौ साउन २ । बहुबिवाह गरेका पूर्वन्यायाधीश डा। श्रीकृष्ण भट्टराईले जिल्ला अदालत लमजुङमा जेठी श्रीमती मिठू सिलवालविरुद्ध सम्बन्धविच्छेदको मुद्दा अघि बढाएका छन् । बहुविवाहको छानबिनमा तानिने र पेन्सन बाँड्नुपर्ने भएपछि अवकाश लगत्तै भट्टराईले सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाएका हुन् ।अदालतमा दर्ता गरेको फिरादपत्रमा नै उनले ‘पहिलो श्रीमतीसँग घरजम हुन नसकेपछि आफूले दोस्रो विवाह गरेको’ स्वीकारेका छन् । र पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेको समेत स्वीकारेका छन् ।

पहिलो श्रीमतीसँगको मौखिक सहमतिमा ‘सम्बन्धविच्छेद सरहको अवस्थामा पुगेको र उनकै सहमतिमा दोस्रो विवाह गरेको’ दाबी गरेका न्यायाधीश भट्टराईले अब आएर प्राविधिक रुपमा कायम रहन गएको पति–पत्नीको नाता सम्बन्ध विधिवत विच्छेद गरिपाऊँ’ भनी निवेदन दिएका हुन् ।अर्घाखाँची जिल्ला अदालतमा न्यायाधीश रहेका भट्टराईले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका बेला ‘उनी प्रधानन्यायाधीश पदमा नियुक्त हुन अयोग्य रहेको’ भन्दै उजुरी दिएका थिए ।

उजुरीकर्तासँग समितिका सबै सदस्यहरुले सामूहिक छलफल गर्नुपर्छ भन्ने अडान राखेका उनले माग पूरा नभएपछि उजुरीको सनाखत समेत गरेनन् ।न्यायपरिषद स्रोतका अनुसार, न्यायाधीश भट्टराई विरुद्ध कार्यक्षमताको प्रश्न जोडिएको केही उजुरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको थियो । अनुसन्धान अघि बढेकोमा क्रुद्ध बनेका उनले त्यही झोँकमा संसदीय सुनुवाइ विशेष समितिमा उजुरी दिएको परिषदस्रोत बताउँछ ।प्रधानन्यायाधीश कार्कीको नाम समितिबाट अनुमोदन भएपछि भट्टराईले पदबाट राजीनामा दिए । आफूले योग्यतामा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले पद छाडेका थिए ।

राजीनामाको केही सातामै उनले पहिलो श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको फिराद दर्ता गरेका हुन् ।२५ असारमा जिल्ला अदालत लमजुङमा दर्ता भएको सम्बन्धविच्छेदको मुद्दामा पूर्वन्यायाधीश भट्टराईले एलएलसी दिएलगत्तै आफूले बाबुआमाको जोडबल र करकापमा विवाह गरेको दाबी गरेका छन् । बाबुआमाले बारम्बार जोडबल, प्रलोभन र धम्की दिएपछि आफू विवाहका लागि मानसिक रुपमा तयार भएको भन्दै उनले त्यसक्रममा ‘आफ्नो उपस्थितिबिना नै बिहेको कुरा छिनिएको’ दाबी गरेका छन् ।

त्यसपछि समेत आफूले बिहे नगर्ने अडान राखेको र त्यसो गर्दा प्रहरी लगाएर थुन्ने धम्की दिएको भन्दै उनले कुनै उपाय नभएकाले चुपचाव बिहे गर्न राजी भएको दाबी गरेका छन् । २०४२ सालमा बिहे गरेका उनले आफू र पहिलो श्रीमतीबीच उमेरमा समेत बेमेल रहेको भन्दै बिहेपछि श्रीमतीले घरजम नगरेको र माइतीमै बसेको दाबी गरेका छन् ।अदालतमा दर्ता भएको फिरादपत्रमा उनले पहिलो श्रीमतीमाथि चारित्रिक लाञ्छना समेत लगाएका छन् । माइतीमै उनी गर्भवती भएको आपत्तिजनक आरोपहरु लगाउँदै उनले आफूले श्रीमती र बालबच्चालाई स्वीकारे नगरेको दाबी गरेका छन् । न्यायाधीश भट्टराईको पहिलो श्रीमतीका दुई छोरी छन् ।

आफ्नो र श्रीमतीको विवाहदर्ता नभएको अवस्थामा २ जेठ २०४३ सालमा आफ्नो नागरिकता गायब भएको र श्रीमतीले त्यो लिएर प्रतिलिपीको आधारमा अर्को नागरिकता बनाएको जिकिर गरेका छन् । पतिपत्नीको सम्बन्धमा चिसोपन कायमै रहेको अवस्थामा पहिलो श्रीमतीले ‘म तपाईँको घर जादिनँ, छोरी पनि तपाइँको घर टेक्दिन । अर्को विवाह गरेमा उजुरबाजुर गर्दिन’ भनेकाले आफूले अर्को विवाह गरेको भट्टराईको दाबी छ ।पहिलो विवाह कायमै रहेको अवस्थामा भट्टराईले २६ मंसिर २०५६ मा शारदा सिलवालसँग दोस्रो विवाह गरे । दोस्रो विवाह गर्नुको औचित्य पुष्टि गर्न उनले फिरादपत्रमै पहिलो श्रीमतीमाथि चारित्रिक लाञ्छना थपेका छन्

।उनले मुलुकी ऐनमा नै ‘स्वास्नीले अर्कोसँग करणी गराएको ठहरेमा वा पोइल गएमा लोग्ने स्वास्नीको स्वतः सम्बन्धविच्छेद हुने कानून व्यवस्था रहेको’ भन्दै त्यही कानूनी आधारमा स्वतः सम्बन्धविच्छेद हुने भएकाले आफूले कानूनी रुपमा सम्बन्धविच्छेद नगराएको जिकिर गरेको देखिन्छ ।पहिलो श्रीमती र दुई छोरीहरुले बाबुबाट जग्गा बकसपत्र पाएको भन्दै उनले हदम्याद सकिएका कारण पहिलो श्रीमतीले आफू उपर बहुविवाहको मुद्दा दायर गर्ने हक समेत गुमाएको जिकिर गरेका छन् ।

अनि दोस्रो श्रीमतीबाट जन्मेको छोराको असामयिक निधनपछि आफू र पत्नीबीच अंशबण्डा भएकोसमेत स्वीकारेका छन् ।

दोस्रो श्रीमतीबाट जन्मेको छोराको देहान्तपछि पहिलो श्रीमतीले धाकधम्की दिनथालेको भन्दै उनले दवाव र मानसिक यातना कायम भएकाले प्राविधिक रुपमा बाँकी रहेको सम्बन्धविच्छेको काम टुंग्याउन फिरादपत्र दर्ता गरेको दाबी गरेका छन् ।

फिरादपत्रमा उनले लेखेका छन्, ‘जेठी श्रीमतीसँग प्राविधिक रुपमा कायम रहन गएको पति–पत्नीको नाता सम्बन्ध विधिवत विच्छेद गरिपाऊँ ।’ यसबारे प्रतिक्रिया लिन खोज्दा पूर्वन्यायाधीश भट्टराई सम्पर्कमा आउन चाहेनन् ।

पारिवारिक श्रोतले भने पूर्वन्यायाधीश भट्टराईले फिरादपत्रमा गरेको दाबी सही नभएको बताउछ ।

‘उहाँले अवकाशपछि पेन्सनपट्टा बनाउनुपर्छ । पहिलो श्रीमतीले समेत त्यसमा हकदावी गर्ने भएकाले त्यसबाट उम्किन खोजेको देखिन्छ’ पहिलो श्रीमतीको परिवार निकट श्रोतले भन्यो, ‘उहाँले बारम्बरा धाकधम्की र डरत्रास देखाइरहनुभयो । उहाँबाट हामीले केही पाएको पनि होइन । अहिले के आधारमा सम्बन्धविच्छेदको मुद्दा हाल्नुभयो, थाहा छैन ।’

पूर्वन्यायाधीश भट्टराईबाट बारम्बार धाकधम्की आइरहने र त्यो क्रम नरोकिएको भन्दै ती व्यक्तिले आफ्नो नाम र पहिचान नखुलाइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com