ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा


एबीसी न्यूज

काठमाडौं, २ साउन । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो ।

यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उहाँको भनाइ छ । “विदशमा धेरै नै दुःख छ”, उहाँले भन्नुभयो, “यहाँ दुःख गरेको सबैले देख्छन् । तर विदेशमा गरेको दुःख अरुले नदेख्ने मात्र हो । त्यहाँ गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।”

राज्यको तर्फबाट सञ्चालन भएका विभिन्न कार्यक्रमले युवालाई व्यवसायमा लाग्न हौसला मिलेको उहाँको भनाइ छ । विदेशमा यहाँबाट सोचेर गएजस्तो सहज नहुने बस्नेतको भनाइ छ । व्यावसायिक भएर आफ्नै ठाउँमा काम गर्ने हो भने त्यहाँको भन्दा दोब्बर आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । “यहाँ सोचेजस्तो विदेशमा सहज छैन”, उहाँले भन्नुभयो, “त्यहाँको दुःख सहन नसकेर करिब नौ महिना बिताएपछि यहाँ आएर व्यवसायमा लागेको हुँ । अहिले परिवारसँग बसेर राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिकरूपमा सतुवा तथा चिराइतो खेती गरिरहेको बताउनुभयो । उहाँले व्यवसायबाट वर्षमा रु तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । “विदेशमा लामो समय बिताएँ । सोचेजस्तो आम्दानी गर्न सकिनँ”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।”

विदेशबाट फर्केर स्थानीय गुणराज राउतले व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका उहाँ अहिले आफ्नै ठाउँमा व्यावसायिक बाख्रापालनमा लाग्नुभएको हो । “विदेशका तीन देशमा गरेर १५ वर्ष पसिना बगाएँ”, उहाँले भन्नुभयो, “धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । त्यहाँ पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ठाउँमा व्यावसायिकरूपमा बाख्रापालनमा लागेको छु । बाख्रापालनबाट यही राम्रो आम्दानी गरिरहेको छु ।”

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ । मानिसहरूले विदेशमा बगाउने पसिना यहीँ बगाए देशलाई पनि योगदान पुग्ने स्थानीय राउतको भनाइ छ । “ठूलो सपना देखेर विदेश गएँ”, उहाँले भन्नुभयो, “विदेश जानु पहिला यहीँ व्यावसायिक कृषिमा लागेको भए हुनेरहेछ । अहिले पछुताएको छु । योजनाबद्धरूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।”

बाख्रापालनसँगै आफूले जडीबुटीकोसमेत व्यावसायिक खेती गरिरहेको उहाँको भनाइ छ । बाख्रालाई विभिन्न समयमा लाग्ने रोगको भने समस्या रहेको राउतको भनाइ छ । कृषकलाई व्यावसायिकरूपमा बाख्रापालनको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने भएकाले किसानलाई समस्या हुने उहाँले बताउनुभयो ।
टेम्केमैयुङ गाउँपालिका एकराज विष्टले पनि विदेशबाट फर्केर व्यावसायिक किवी तथा एभोकाडोको खेती गरिरहेको बताउनुभयो । गत वर्षबाट खेती सुरु गरेकाले अबको केही वर्षमा वार्षिक रु छदेखि आठ लाखसम्म आम्दानी लिने लक्ष्य रहेको कृषक उहाँको भनाइ छ ।

“हामीभित्र स्वदेशमा नै मेहनत गर्ने बानी हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “विदेशमा जस्तो पनि काम गर्न पछि नपर्ने हामी यहाँचाहिँ दुःख गर्न हिनतावोध गर्छौँ । अब हामी युवा यही नै केही गर्न आवश्यक छ । विदेशमा दुःख पाएपछि मात्र आफ्नो ठाउँ सम्झिने हाम्रो बानी छ ।”

युवाहरूले विदेश जानभन्दा स्वदेशमा नै व्यावसायिक भएर काम गर्न सके जीवन गुजारा गर्न समस्या नरहेको उहाँको भनाइ छ । विदेश पुगेपछि स्वदेशमा आम्दानी गर्न सकिने धेरै विकल्प देखेपछि नेपाल फर्केर आएर व्यावसायिकरूपमा काम सुरु गरेको उहाँले बताउनुभयो ।

“व्यावसायिकरूपमा फलफूल खेतीमा लागेको छु”, उहाँले भन्नुभयो, “गत वर्षबाट खेती विस्तार गरेको छु । अबको केही समयबाट वार्षिक रु छदेखि आठ लाख आम्दानी लिने लक्ष्य लिएको छु ।” विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमा परिवारसँग बसेर कृषिबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com