ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेका सांसद, पालिका प्रमुखरउपप्रमुख पार्टी कमिटीको अध्यक्ष र सचिव बन्न नपाउने


एबीसी न्यूज

काठमाडौं, १ साउन । नेकपा (एमाले)मा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुखले पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन्। एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरूप एमालेले दोहोरो पद कटौती गर्न लागेको हो। शनिबार बसेको पार्टी सचिवालयको २३ औं बैठकले संघीय, प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिव चुनिन नपाउने निर्णय गरेको एक पदाधिकारीले बताए।

‘हामीले पार्टी दोहोरो जिम्मेवारी नदिने नीतिअनुरूप नै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूले पार्टीको अध्यक्ष, सचिवमा उम्मेदवारी दिन नपाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसले कसैले पद नै नपाउने, कसैले दोहोरो जिम्मेवारी पाएर कतै पनि काम नहुने अवस्थाको अन्त्य गर्नेछ।’

एमालेले साउन १५ गतेसम्म सदस्यता नवीकरणको समय बढाएको छ। यसअघि असार १५ गतेभित्र नवीकरण गरिसक्न अन्तरपार्टी निर्देशन जारी भए पनि सदस्यता अद्यावधिक नभइसकेकाले साउन १५ गतेसम्म समयसीमा बढाइएको हो। गत वैशाखसम्म ४९ प्रतिशत मात्रै सदस्यता नवीकरण भएको तथ्यांक केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिएको थियो। त्यस्तै, भदौ मसान्तसम्म प्रदेश कमिटीहरूको अधिवेशन गरिसक्ने कार्ययोजना बनाएको छ।एमालेले २०८० साललाई अधिवेशनको वर्ष मान्दै चैत मसान्तभित्र जिल्ला र वडा तहका अधिवेशन सक्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com