ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमका दुवै न्यारोबडी ग्राउन्डेड, सयौं यात्रुहरुको उडान अनिश्‍चित


एबीसी न्यूज

काठमाडौं, ३१ असार ।  नेपाल वायुसेवा निगमको चरम व्यवस्थापकीय लापर्वाहीका कारण एकैसाथ दुईवटा न्यारोबडी विमान ग्राउन्डेड भएका छन् ।

निगमसँग भएका नाइन नोभेम्बर–अल्फा किलो व्हिस्की (नेपाली नाम सगरमाथा) र नाइन नोभेम्बर–अल्फा किलो एक्सरे (नेपाली नाम लुम्बिनी) भएका दुबै विमान समयमै निगमले मर्मतसम्भार नगर्दा ग्राउन्डेड (उडान अयोग्य) भएका हुन् ।लुम्बिनी नेपाली नाम भएको जहाज आइतबार बिहान दुबईबाट काठमाडौं फर्केपछि उडाउन नमिल्ने भन्दै निगमको इन्जिनियरीङ विभागले प्राविधिक कारण देखाएपछि ग्राउन्डेड भएको हो ।

सगरमाथा नाम दिइएको अर्को न्यारोबडी ६ दिनदेखि ग्राउन्डेड छ । मंगलबार बैंग्लोरबाट फर्केपछि नियमित जाँचका क्रममा इन्जिनभित्र समस्या देखिएपछि उक्त विमान उडाइएको छैन ।‘जापानबाहेक दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुबई, साउदी अरब ९रियाद०, बैंकक, हङकङ र मलेसियाको उडान प्रभावित भएका छन्,’ निगमका एक अधिकारीले भने, ‘यी सेक्टरमा टिकट लिइसकेका यात्रुहरुलाई फोनबाट टिकट सार्न अनुरोध गरिरहेका छौं । अर्जेन्ट भएकालाई हाम्रै वाइडबडीबाट हुने उडानमा, नमिले अर्को वायुसेवाबाट उडाउने प्रवन्ध भइरहेको छ ।’निगमले आइतबार साँझ मलेसियाको उडानका लागि राखेको जहाजलाई ‘उडान साइकल अभाव’ का कारण देखाई ग्राउन्डेड गरिएको जनाएको छ । निगमको इन्जिनियरीङ विभागले अन्तर्राष्ट्रिय उडान संचालन गर्ने ९आईओसीसी० लगायत निगमका सम्बन्धित विभागलाई यसबारे जानकारी दिएको छ ।

अब निगम व्यवस्थापनले मलेसिया उडानका लागि जहाज उपलब्ध भएमा वाइडबडी नभए उडान रद्द गर्नुपर्ने हुन्छ ।लुम्बिनी नेपाली नाम भएको जहाज आइतबार बिहान दुबईबाट काठमाडौं फर्केको थियो । उक्त विमान तीन साइकल मात्रै उडान मिल्नेछ । उक्त विमानलाई मर्मतका लागि नेपाल बाहिर लैजान तीन साइकल अनिवार्य चाहिने नियमका कारण जहाज ग्राउन्डेड गर्दै इन्जिनियरीङ विभागले मलेसिया उडानमा जहाज लैजान नमिल्ने जनाएको हो ।६ दिनदेखि ग्राउन्डेड गरिएको सगरमाथा नाम दिइएको न्यारोबडीमा जेठ २७ गते दुबई विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको थियो ।

उक्त विमानलाई त्यहाँ सामान्य मर्मत गरेर अर्को दिन नेपाल ल्याइयो । चरा ठोक्किएकै इन्जिनमा फेरि समस्या देखिएपछि असार १४ गते भारतको हैदरबादमा रहेको एयर वोर्कस इन्जिनियरीङको ह्यांगरमा पठाइएको थियो ।उक्त विमानमा पुनस् समस्या देखिएपछि एयर वोर्कस इन्जिनियरीङकै प्राविधिकहरुलाई निगमले काठमाडौं झिकाएर जहाज मर्मत गराइरहेको निगमका एक उपनिर्देशकले बताए ।उनले आइतबार साँझसम्म दुईवटामध्ये एउटा न्यारोबडी जहाज मर्मत भई नियमित उडानमा ल्याउने सम्भावना रहेको बताए । ‘एउटा जहाज मर्मत हुँदैछ,’ ती उपनिर्देशकले भने,‘अर्को जहाजको मर्मत गर्न विभिन्न एमआरओ (जहाज मर्मत गर्ने कम्पनी) सँग कोटेसन मागेर प्रक्रिया अघि बढाइएको छ ।’
निगमले हाल काठमाडौंबाट १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सातामा एक देखि सातवटासम्म उडान गर्छ । योसँग अन्तर्राष्ट्रिय उडानमा दुईवटा एयरबसका ए–३२० (न्यारोबडी र दुईटा ए–३३० (वाइडबडी) विमान छन् ।

निगमले ५ घन्टा हाराहारी दूरी भएका रुटमा न्यरोबडी विमान उडाउँछ । यस्तै ५ घन्टाभन्दा बढी समय लाग्ने जापानको नारितामा वाइडबडी विमान पठाउने गरेका छ ।तर न्यारोबडी विमानले डेढ घन्टादेखि ५ घन्टा उडान समय लगाउने रुटमा वाइडबडी विमान पठाउँदा दोब्बर नोक्सानी ब्यहोर्नुपर्छ ।

निगमका एक निर्देशकका अनुसार ६ दिनदेखि ग्राउन्डेड गरिएको न्यारोबडी (सगरमाथा) मा निगमले दैनिक कम्तीमा ६ लाख रुपैयाँ तिरेर भाडाको इन्जिन हालेर जहाज उडाउँदै आएको थियो । १६ महिनाअघि दोहामा तीन महिनासम्म थन्किएको यो विमानको इन्जिन भाडामा मात्रै निगमले हालसम्म कम्तीमा २५ करोड रुपैयाँ अतिरिक्त आर्थिक भार बेहोरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

इरानमा शासन परिवर्तनको सही मार्ग !

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com