ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिकको ज्यालावृद्धिको माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसद्वारा पदयात्रा


एबीसी न्यूज

काठमाडौं, ३१ असार  । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको ज्यालावृद्धिको माग गर्दै पदयात्रा गरेको छ ।
उक्त संस्थाको आयोजनामा आज श्रमिकलाई जिउन पुग्नेगरी ज्यालावृद्धि हुनुपर्ने माग गर्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म पदयात्रा गरिएकोे हो । सो संस्थाका  महासचिव अजयकुमार राईले मूल्यवृद्धिका कारण श्रमिकले खाइपाइ आएको तलबले परिवार पाल्नसमेत समस्या भएकाले तिनको ज्यालावृद्धिको माग गर्दै दबाबमूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
“श्रमिकको न्यूनतम पारिश्रमिक कम्तिमा १५ हजारबाट बढाएर रु २५ हजार पु¥याउनुपर्छ भन्ने हाम्रो माग हो,”– उहाँले भन्नुभयो । उक्त संस्थाले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । यस्तै सातवटै प्रदेश सरकारलाई समेत श्रमिकको ज्याला बढाउन माग गर्दै ज्ञापनपत्र बुझाइसकिएको महासचिव राईले बताउनुभयो ।
पदयात्रामा श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्वको व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गरलगायतका प्लेकार्ड र व्यानरसहित नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com