ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहायकमन्त्री लुको दौडधुप : सीतालाई श्रद्धाञ्जली दिन बालुवाटारदेखि ओली, देउवा र साउदसँग वार्ता


एबीसी न्यूज

काठमाडौं २९ असार : दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

लुले प्रधानमन्त्री पत्नी स्व.सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे ।

दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

 

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर दुई पक्षीय उच्च राजनीतिक वार्ता शुरु गरेका थिए ।नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए ।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

देउवा लगत्तै लुले परराष्ट्रमन्त्री एनपी साउदसँग वार्ता गर्न सिंह दरबार पुगेका थिए । त्यस लगत्तै उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न एमाले मुख्यालय पुगे । यी सबै भेटमा लूले नेपालको संसदले अनुमोदन गरेको एमसीसी परियोजना कार्यान्वयन गर्ने बारे भएको प्रगतिका बारेमा जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवासंग अमेरिकी सहायकमन्त्री लू ले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणप्रति प्रसन्नता प्रकट गर्दै अमेरिकी सहायक मन्त्री लूले नेपालमा चिनिया गतिविधि बढिरहेकोमा नेपालले सावधानी अपनाउनु पर्ने बारेमा सुझाव दिएका थिए ।

 

स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका सभापति देउवासंग अमेरिकी सहायकमन्त्री लू ले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे समेत चासो राखेका थिए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणप्रति प्रसन्नता प्रकट गर्दै अमेरिकी सहायक मन्त्री लूले नेपालमा चिनिया गतिविधि बढिरहेकोमा नेपालले सावधानी अपनाउनु पर्ने बारेमा सुझाव दिएका थिए ।

सहायक मन्त्री लूको साथमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन सहित अमेरिकी दूतावासका अधिकारीहरु संलग्न थिए । लूको टोलीसँग नेका सभापति देउवाले एक्लै वार्ता गरे भने ओलीले प्रतिनिधि मण्डल स्तरमा नै वार्ता गरेका थिए । एमाले अध्यक्ष ओलीको साथमा उपमहासचिव विष्णु रिमाल, राजन भट्टराई र अन्जान शाक्यलाई पनि सहभागी गराएका थिए ।

लूले पररष्ट्रमन्त्री एनपी साउदसँग पनि एक्लै वार्ता गरेका थिए ।दुई देशबीचको लामो मित्रवत सम्बन्धको परिपेक्ष्यमा उच्चस्तरीय भ्रमणको आदान–प्रदानको महत्वबारे समेत भटवार्ताका क्रममा चर्चा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सम्बन्धित

नौबिसे–मलेखु खण्ड भोलिदेखि दुई दिनका लागि रातको समयमा बन्द हुने

रास्वपा स्थापनाको मूल उद्देश्य देशको नीति परिवर्तनका लागि हो – महामन्त्री बुर्लाकोटी

सर्लाही झडपका दुई जना घाइतेलाई काठमाण्डौ पठाइयो

नेपाली समाजमा अनुशासनको कमी छ – प्रधानमन्त्री ओली

ग्वार्कोको ओभरपासबाट गुड्न थाले गाडी

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन – माधव सापकोटा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com