काठमाडौं २९ असार । सांसद अमरेशकुमार सिंहले ललिता निवास प्रकरणमा नाम जोडिएका पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै टिप्पणी उठाउने शाखा अधिकृतलाई समातेर निर्णय गर्नेहरुलाई छाडेकोप्रति आपत्ति जनाए ।
उनले भने, ‘ललिता निवास जग्गा काण्डमा शाखा अधिकृतले एउटा टिप्पणी उठाएबापत जेल जाने तर, निर्णयकर्ताहरुसँग बसेर डिनर खाने र निर्णयकर्ताहरु गाडी अगाडि पछाडि साइरन बजाउँदै हिँड्ने यो कस्तो न्याय हो रु जो निर्णय गरेको छ शाखा अधिकृतबाट टिप्पणी उठाएर सहसचिव, सचिव त्यहाँ गएको छ क्याविनेटमा संलग्न मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसो भएमात्रै भ्रष्टाचारको अन्त्य हुन्छ ।’







प्रतिक्रिया दिनुहोस्