काठमाडौ असार २९ । असार मसान्तमा पनि रकम भुक्तानी नगरेपछि निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन थालेका छन् ।उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखेका छन् । सरकारविरुद्ध बिहानै माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका छन् ।
उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन् ।महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको कामको भुक्तानीका लागि अनुनय गर्दा अर्थमन्त्रीले घरको अंश काटेर दिनुपर्नेजस्तो व्यवहार देखाएको टिप्पणी गरे ।उनले भने, ‘काम गरेको बिल पेश गर्दा पनि रोकियो । रकम नभएको ४ खर्बको आयोजना किन टेण्डर गराइयो रु स्रोत सुनिश्चित नभएको आयोजना किन निर्माण जिम्मा दिइयो मूल्यवृद्धि निरन्तर भइरहेको भन्दै आयोजनाको खर्च समायोजन नगरेकोमा पनि उनीहरूको गुनासो छ ।
बैंक, सप्लायर्स, कामदार जताततै उधारो बाँकी हुँदा आफूहरूले आत्मदाह गर्नुपर्ने अवस्था आइलागेको उनीहरूले बताएका छन् ।प्रक्रिया पुर्याएर बिल लिएर जाँदा भुक्तानी रोकेको व्यवसायीले दाबी गरेका छन् ।व्यवसायीहरूले काम गरेको पैसा नदिएर उल्टै ठेकेदारलाई बदनाम गरेको बताएका छन् । मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्