ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण


एबीसी न्यूज

काठमाडौं, २८ असार । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कले बढी देखाएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४र२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भन्न्रभयो, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।”

आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् ।

प्रहरी प्रवक्ता डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताउनुभयो । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उहाँले भन्नुभयो, “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।”

उहाँले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com