ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिमालय एयरलाइन्सले सुरु ग¥यो इन्टरनेट बुकिङ्ग,


एबीसी न्यूज

काठमाडौं, २८ असार । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट धधध।जष्mबबिथब(बष्चष्लिभक।अयm मा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।
यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।
यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य विभिन्न सेवा पनि ल्याएको छ । साथै यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक इन पनि गर्न सक्नेछन् ।
एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सेवा सुरुआतका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटका लागि सरल, छिटोछरितो र अधिक सुविधाको आनन्द प्रयोगकर्तालाई हुनेगरीे इन्टरनेट बुकिङइञ्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।” नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहजरुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com