ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारिवारिक झमेला र युद्धको भट्टी छिचोलेकी तर सन्तानको सन्तापले अस्ताएकी सीता


शुभशंकर कँडेल
असार २७, २०८० बुधबार   १ : १३   बजे

काठमाडौं । प्रचण्ड पत्नी सीता दाहालको वीरता, साहस र सौम्यको कथा प्रचण्डकी अर्धांगीनी सीता दाहाल नामक पुस्तकमा शारदा शर्माले लिपिवद्ध गरेकी छन्। कास्कीको लेवाडेका प्रचण्ड र हेम्जाकी सीताको भेट चितवन भएपछिको झण्डै ५० वर्ष यो जोडी कहिल्यै अलग भएन । तर गत दुई वर्षदेखि सीता दाहाल अर्धचेत अवस्थामा प्रचण्डको बेडसँगै भएर पनि बोल्न सक्दनथिइन् । तर पनि प्रचण्डले मेरो श्रीमति मसँगै छिन् भन्ने गहिरो भरोसा थियो । त्यो भरोसाको दियो आज निभेको छ ।

जतिबेलो प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका थिए, त्यसको भोलिपल्ट मैले खुमलटारमा सपरिवार काकी सिता दाहाललाई भेटेको थिएँ । अर्थात् देखेको थिएँ । माहोल खुशीको थियो तर मलाई त्यहाँ आधा घण्टाजति विताउन साँच्चिकै मुश्किल भएको थियो । काकीलाई मेरो श्रीमान् तेस्रो पटक प्रधानमन्त्री भएको छ भन्ने समेत थाहा थिएन ।

सीता दाहालसँग यस्ता अनेकन दुख र वेदना तथा साहसका कथा थिए ।बहिनी ज्ञानुले अन्तिम श्वास लिंदै गर्दा ओम अस्पतालको कुरुवा कक्षमा संयोगले हामी तीन जनामात्र (काकी, शारदा र म) धेर बेर रह्यौं । सम्भवत पहिलो पटक एउटी आमाले छोरीको अन्तिम स्वासका बेला शारदासंग सबै दुखको बह पोखिरहनुभएको थियो । त्यहाँ पनि मलाई  सुन्न गाह्रो भएर म बाहिर निस्केको थिएँ ।

वाम गठबन्धन भएर निर्वाचन चलिरहेका बेला एबीसीको टिम चितवनको गितानगर पुग्दा काकीले खुट्टो टेक्न नसक्ने अवस्थामा पुग्नु भएको थियो । लगत्तै चुनावकै बीचमा भारतमा लगेर परीक्षण गरेर ल्याइएको थियो । अकल्पनीय रुपमा काकी र प्रकाश मात्र घरमा रहेको बेलामा प्रकाशले देह त्याग गरे । फेरि पनि प्रचण्ड देशभर घुम्न नसकेर चितवनमा मात्र रोकिएका थिए ।

त्यस्तै बेला एकपटक हामी दुई जनामात्र भएको बेलामा मैले प्रचण्डको मनभित्रको दु:खको दलदल सुनेको थिएँ । तर पनि प्रचण्डमा साहसको अथाहा भारीले उनलाई अगाडि बढायो । भाई प्रकाशको निधनले काकीलाई कहिल्यै उठ्न नसक्नेविषादमा पुर्यादियो । प्रचण्डले शायदै त्यो तहको नेतामध्ये कमैले गर्न सक्ने पतिको भूमिकामा काकीको उपचारमा कुनै कसर बाँकी राखेनन् । यतिसम्म कि खुमलटारमा हुँदा त अधिकांश अनैपाचारिक भेटघाट काकीकै बेड छेउमा गर्न थालेका थिए । जसले गर्दा बढी भन्दा बढी समय जीवनसाथीसँग बस्न पाइयोस् भन्ने ध्येय रहेको प्रष्टै थियो ।

युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दा नपुग्दै प्रचण्डले आफ्ना बुबासहित परिवारका चार सदस्य गुमाउनु पर्ने दुख भन्न वा लेख्न जस्तो व्योहर्न कसैलाई नपरोस् भन्नु बाहेक हामीसँग पनि कुनै शव्द छैन ।

अमेरिकाको उपचारबाट फर्केपछि काकी र शारदाको लामो गन्थन भयो । हुन त पहिलो पटक प्रचण्ड भएकै बेला काकीको लामो बायो शारदाले गरेकी थिइन् । त्यसकै उपजको रुपमा उनले ‘सीता दाहाल‘ नामक संक्षिप्त बायोग्राफी गरिन् । त्यो पुस्तक देख्दा सीता दाहाल यति पुलकित भएकी थिइन् कि बयान गर्न सकिंदैन । तर उनले त्यो पुस्तक पढ्न सक्दैनथिन् । आँखाको ज्योति धेरै कमजोर भइसकेको थियो ।

प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा संवत् २०८० असार २७ गते बुधबार नर्भिक अस्पतालमा भयो । अस्पतालका अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास बाँकी थियो ।
६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते सीता दाहालका एकमात्र छोरा प्रकाश दाहालको पनि त्यहीं निधन भएको घोषणा गरिएको थियो ।

सीता दाहाले आफ्नै बारेमा लेखिएको बायोग्राफी हेर्दै शारदा शर्माका साथमा ।
सीता दाहाले आफ्नै बारेमा लेखिएको बायोग्राफी हेर्दै शारदा शर्माका साथमा ।

हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ भन्ने बुझ्न सकिने एक उदाहरणीय पात्र समेत थिइन् सीता । छोराको खुसीका लागि सीताले जे पनि सहन र गर्न तयार हुने गर्थिन ।
पुत्र वियोगपछि कहिल्यै फर्ममा आउन नसकेकी सीताले झण्डै दुई वर्षको अचेत अवस्था झेलेर यो संसारबाट विदा भइन् ।

सीताको जीवन विवाहपछि पारिवारिक झमेलाले घेरिएको थियो भने ३८ वर्षको उमेरमा पार्टी प्रमुखका हैसियतले प्रचण्डले जनयुद्धको घोषणा गरेपछिको दश वर्ष सधैंभर मुत्यको बादल मडारिइरहेर वित्यो । शान्ति प्रक्रियापछिको झण्डै आठ वर्षमा पनि सीतालाई अनेकानेक पारिवारिक झमेलाले घेरे ।कुनै बेला पार्टीभित्र प्रचण्ड र बाबुराम बीचको विवादमा मध्यस्थता गर्न सक्ने महिला सीताले उनकै परिवारमा आउको विपत्तिलाई भने छिचोल्न असफल रहनु पर्यो ।

देशका प्राय सवै भागमा र भारतको धेरै जसो शहरका गल्ली छिचोलेकी सीता दाहालमा कहिल्यै पनि सत्ताको सुखको मात चढेको देखिएन । साक्षर मात्र रहेकी सीतामा विचित्र खालको समझ र सामाजिक परेस्पसन थियो । त्यो अभावमा तेसो पटक प्रधानमन्त्री रहेका पति प्रचण्डले जीवनसाथीको आत्माको शान्तिप्रति पनि अन्तिम दमतक जनताको पक्षमा उभिनु बाहेक अरु कुनै विकल्प पनि छैन ।

अलविदा काकी साीता दाहाल, तपाईँलाई साहसी र सरल नारी र आदर्श आमाको रूपमा इतिहासले पक्कै पनि सझिरहनेछ ।
हार्दिक श्रद्धान्जली ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group