ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारमा ४.७३ अंकको गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड


एबीसी न्यूज

काठमाडौ असार २६   सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४।७३ अंकले गिरावट हुँदा २०७२।२४ को विन्दुमा बन्द भएको छ ।मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।विकास बैंक उपसूचक ३।४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २।

९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०।३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०।३८ प्रतिशतले वृद्धि भएको हो ।होटल तथा पर्यटन उपसूचकमा १।२६ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १।१९ प्रतिशतले गिरावट भएको छ ।असार मसान्तमा सेयर बजारमा लगानीकर्ता सक्रियता कम हँदा कारोबार रकम पनि घट्दै गएको छ भने बजार परिसूचक नेप्सेमा पनि खासै उतारचढाव देखिदैन । मंगलबार नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ७८ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार कारोबारमा आएकामध्ये हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ९।९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको हो । यस्तै एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य १० प्रतिशतले बढेको छ ।यता सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५।९६ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५।६९ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५।१४ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com