ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश पलायन हुँदै उद्योगी व्यवसायी


एबीसी न्यूज

काठमाडौ असार २६ । कोभिड– १९ र त्यसपछिको आर्थिक तलरलताका कारण यहाँका उद्योगी व्यवसायी विदेश पलायन हुन थालेका छन् । कोरोनाले थला पारेको व्यवसायलाई केही उकास्न सकिन्छ कि भनेर कोसिस गर्दासमेत उद्योग व्यवसाय चल्न नसकेपछि उनीहरु विदेश पलायन भएका हुन् । कर्मचारी राखेर तलब खुवाउन र घर वाहलकरसमेत तिर्न नसक्ने अवस्था आएपछि व्यवसायी विदेशिन बाध्य भएको उनीहरूको भनाइ थियो । विगत वर्षदेखि व्यवसायमा देखिएको समस्याका कारण यहाँको व्यवसाय छाडेर विदेश जान खोज्ने र जाने व्यवसायीको सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासका सहरमा चलिरहेका व्यवसाय अहिले बिक्रीमा राखेको देख्न सकिन्छ भने कतिपयले व्यवसाय छाडेर सटर भाडामा दिन लागेको देखिन्छ । उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष चुननारायण श्रेष्ठका अनुसार अहिले सात व्यवसायी व्यवसाय बन्द गरेर विदेश पलायन भएका छन् । यहाँको व्यवसाय बन्द गरेर उनीहरु विजनेश भिसामा विदेश पलायन भएको उनले बताए। अहिले १२ उद्योगी व्यवसायीले औपचारिकरुपमा फार्म बन्द गर्नका लागि निवेदन दिएका छन् ।

उनले भनने “आर्थिक मन्दी र बैंकको चर्को ब्याजका कारण नयाँ काम गर्ने वा पुरानै कामलाई निरन्तरता दिन सक्ने स्थिति छैन ।” मुख्य बजार क्षेत्रमा समस्या कम भए पनि बजार विस्तार हुँदै गएका नयाँ ठाउँमा समस्या बढ्दो मात्रामा रहेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । सरकारले मौद्रिक नीतिलाई खुकुलो बनाउन नसक्दा व्यवसायी विदेश पलायन हुन थालेका हुन् । उनले थप्नुभयो,“ठूला उद्योग तथा व्यवसायी अस्तित्वका कारण सञ्चालनमा आएका छन् ।

सानाको अवस्था नाजुक बन्दै गएको छ ।” सञ्चालनमा आएका उद्योगले समेत आफ्नो उत्पादन र कर्मचारी कटौती गर्दै लगेका छन् । उद्योग वाणिज्य सङ्घका अनुसार सञ्चालनमा आएका उद्योगले समेत ४० प्रतिशतभन्दा बढी उत्पादन गर्न छाडेका छन् । क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गर्दा राज्यलाई कर घाटा र व्यवसाय सञ्चालनमा समस्या पर्दै आएको अध्यक्ष श्रेष्ठले बताए। जिल्ला उद्योग वाणिज्य सङ्घमा दर्ता भएर व्यापार व्यवसाय गर्दै आएका चार हजार सदस्यमध्ये अहिले धेरैको अवस्था दयानीय बन्दै गएको छ ।

अटोमोबाइल, पोल्ट्री क्षेत्र, कङ्क्रिट उद्योग, खाद्यन्न उद्योग, निर्माण व्यवसायीजस्ता उद्योग त्यसको प्रत्यक्ष मारमा परेका छन् । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले अहिलेसम्म ३० प्रतिशत उद्योग बन्द भएको बताउनुभयो । यो क्रम बढ्दो रहेको उहाँले जानकारी दिनुभयो । सङ्घमा आवद्ध भएका एक हजार दुई सय सदस्यमध्ये ३० प्रतिशत उद्योग बन्द भएको उनको भनाइ थियो ।अध्यक्ष कँडेलले भने“उद्योगधन्दा बन्द हुने क्रम बढ्दै छ, नयाँ खुल्ने क्रम न्यून छ ।” उहाँले अगाडि थप्नुभयो “बैंकको ब्याजदर बढ्नु र आर्थिक तरलताले उद्योग बन्द हुने क्रम अझै बढ्दै जाने देखिन्छ ।

”उद्योगी तथा व्यवसायी आफ्ना उद्योग तथा व्यवसाय बन्द गरेर विदेशिने क्रमसँगै रोजगारीको अवसर गुम्ने र लाखौँ युवा जनशक्ति विदेशिन बाध्य हुने अवस्था आउने भन्दै अध्यक्ष कँडेललले यसलाई रोक्न राज्यको मौद्रिक नीति खुकुलो हुनुपर्ने बताए। बैंकहरुले ब्याजदर घटाएर एक अङ्कमा ल्याउनुपर्ने, सरकारले उद्योगी व्यवसायीको समस्या समाधान गर्न ध्यान दिनुपर्नेलगायत काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा पूँजीगत खर्च ४० प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com