ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा गतिरोध :अलग्गै वार्तामा जुटे प्रधानमन्त्री प्रचण्ड र ओली


एबीसी न्यूज

काठमाडौं, २५ असार ।  संघीय संसद्‍का दुवै सदनमा प्रतिपक्षीको अवरोध जारी रहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच वार्ता हुने भएको छ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अहिले दुई जना शीर्ष नेताबीच वार्ता हुन लागेको हो।

एमाले उपमहासचिव विष्णु रिमालले दुईजना नेताहरुबीच अलग्गै वार्ता हुन लागेको जानकारी दिएका छन्। दुई नेताहरुबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संवाद हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई दिल्लीले प्रधानमन्त्री बनाइएको आशयसहितको विवादास्पद अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी एमालेसहितले संसद्‍मा अवरोध गरिरहेका छन्।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध जारी राख्यो। त्यहीकारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बैठक सोमबार दिउँसोसम्मलाई स्थगित गरे। राष्ट्रियसभाको बैठक सोमबार पनि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक आइतबार स्थगित भएर फेरि सोमबार ३ बजेलाई डाकिएको छ।

एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद्‍को गतिरोध नहटाउने अडान लिएको छ। एमालेको अडानका कारण संसद्‍ अघि बढ्न सकेको छैन।

एमालेको अवरोधका कारण माथिल्लो सदन राष्ट्रियसभाबाट अझै पनि आगामी आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन।

आइतबारको बैठकमा सहमति भएर पनि भाँडिएको थियो। आइतबार कुरा मिलेको केही बेरपछि एमालेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिसमेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेको थियो। त्यसपछि सोमबार फेरि दुई शीर्ष नेता वार्तामा जुटेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

आजको राज्य लथालिङ्ग हुनुको सबै भन्दा बढी जिम्मेवार माओवादी हो – विप्लव

रास्वपाको पार्टी कार्यालयमा नक्कली जाहेरी लेखेको थाहा पाइसकेँ- गृहमन्त्री लेखक

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

गृहमन्त्रीको राजीनामा माग्दै संसद्‌मा रास्वपाको नाराबाजी

गृहमन्त्रीले बोलिरहँदा बेल घेर्न पुगे रास्वपाका सांसद

तीन दल एक ठाउँमा भएपछि सभामुखले पेलेरै अघि बढाए संसद्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com