ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री (सम्वोधनको पूर्णपाठ)


एबीसी न्यूज
असार २५, २०८० सोमबार  ११ : ५७ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न सक्नुपर्ने बताएका छन्। सोमबार बिहान पुष्पलाल प्रतिष्ठानद्वारा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘‘जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्ने’ बताएका हुन्।

सम्बोधनको पूर्णपाठ

आजको यस गरिमामय समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भई पुष्पलाल राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने स्रष्टाहरूलाई सम्मान गर्ने अवसर पाएकोमा खुसी लागेको छ । सर्वप्रथम पुरस्कृत हुनुहुने सम्पूर्ण स्रष्टाहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दै सिर्जनाको क्षेत्रमा निरन्तर प्रगतिको कामना गर्दछु । राष्ट्रको समग्र विकास र संवृद्धिका निम्ति, मुलुकको अग्रगामी परिवर्तनको निम्ति इतिहासका विभिन्न कालखण्डमा राजनीतिक व्यक्तित्व, लगायत विभिन्न विधासँग सम्बन्धित व्यक्तित्वहरूले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । यसै यथार्थलाई हृदयङ्गम गरी राज्यले विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका अग्रज व्यक्तित्वहरूको नाममा विभिन्न प्रकारका पुरस्कारको स्थापना गरी योगदानको उचित कदर र सम्मान गरेको तथ्य विदित नै छ । यसका निम्ति मन्त्रालय र पुष्पलाल प्रतिष्ठान परिवारप्रति आभार व्यक्त गर्दछु । युगान्तकारी राजनीतिक परिवर्तनसहितको आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थासम्म ल्याई पुर्‍याउन कमरेड पुष्पलालले अनुसरण गर्नुभएको सिद्धान्त, विचार, नीति र देखाउनुभएको मार्गनिर्देशनले ठूलो अर्थ राख्दछ । नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभएर सिंगो राजनीतिक आन्दोलनमा कमरेड पुष्पलालको योगदान निकै विशिष्ट प्रकृतिको रहेको छ ।

सही र वैज्ञानिक विचारधारात्मक कार्यदिशासहित कम्युनिस्ट आन्दोलनको नेतृत्वका निम्ति, जनवादी क्रान्तिको विकासका निम्ति, कम्युनिस्ट आन्दोलनको एकताका निम्ति र कम्युनिस्ट मूल्य–मान्यता र संस्कृति निर्माणका निम्ति विचार र व्यवहारमा उहाँको नेतृत्व हामी सबैका निम्ति अनुकरणीय र प्रेरणादायी रहँदै आएको छ । यस सन्दर्भमा पुष्पलालका शिक्षाहरूलाई जीवन व्यवहारमा लागू गर्ने संकल्प गरेर मात्र उहाँप्रति सच्चा सम्मान हुने तथ्यसमेत म स्मरण गर्न चाहन्छु । आर्थिक वर्ष २०६८।०६९ देखि पुष्पलाल राष्ट्रिय पुरस्कार समर्पण गर्ने व्यवस्था निरन्तर कार्यान्वयन हुँदै आएको छ, यस वर्ष पनि विगतमा जस्तै यो पुरस्कार वितरण कार्यलाई निरन्तरता दिइएको छ ।

यस वर्षको पुष्पलाल राष्ट्रिय पुरस्कारको राजनीतिक, सैद्धान्तिक विधा, इतिहास विधा, साहित्य, संस्कृति, विज्ञान विधा लगायतका विधातर्फ छनोट भई पुरस्कृत हुनुभएकोमा सबै पुरस्कृत सिर्जनशील प्रतिभाहरूलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । पुरस्कृत प्रतिभाहरूले राज्यको तर्फबाट प्रदान गरिएका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्यांकन भएको महशुस गर्दै गौरवान्वित हुनुहुनेछ भन्ने आशा लिएको छु । साथै पुरस्कृत व्यक्तित्वहरूको थप दायित्व तथा जिम्मेवारी थपिएको हुँदा तपाईंहरूबाट आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी सक्रियता र योगदानको अपेक्षा गर्दछु । राजनीतिक, इतिहास, साहित्य संस्कृति र विज्ञानको क्षेत्रमा भएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्दछ । यो पुरस्कारबाट पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आ–आफ्नो विधा तथा क्षेत्रमा राष्ट्रलाई योगदान गर्नमा प्रोत्साहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु । जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण हाम्रा सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा सायदै बिमति रहला । अन्त्यमा, समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरूद्ध र सुशासनको पक्षमा श्रम संस्कृतिको विकास गर्नसमेत यहाँहरूजस्ता स्रष्टाहरूबाट महत्वपूर्ण योगदान हुने विश्वास राख्दै आफ्नो मन्तव्य यही अन्त्य गर्दछु, धन्यवाद ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com