ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्न सम्झौता


एबीसी न्यूज

काठमाडौं, २४ असार । नेपाल नेत्रज्योति सङ्घ र अष्ट्रेलियाको डाक फाउन्डेसनका बीचमा आपसी सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्र ९एमओयु० मा हस्ताक्षर गरिएको छ । उक्त सम्झौतापत्रमा सङ्घका तर्फबाट अध्यक्ष प्रा डा चेतराज पन्त र फाउन्डेसनका तर्फबाट संस्थापक डेभ रिकार्डले हस्ताक्षर गर्नुभएको हो ।
फाउन्डेशनले सन् २०२३ का लागि करिब आठ हजार आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लागि सङ्घलाई अनुदान रकम उपलब्ध गराउने छ । सङ्घले  विभिन्न अस्पताल तथा बाह्य कार्यक्रममार्फत आर्थिक अभावका कारण आँखा उपचार सेवाबाट बञ्चित नागरिकको निःशुल्क आँखाको उपचार गर्ने सङ्घका महासचिव भरतबहादुर चन्दले बताउनुभयो ।
“सङ्घले आर्थिक अभाव र पहुँचका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न नपरोस् भनेर जनताको घरदैलोमै सहज, सुलभ र सस्तोरुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको छ । यसका लागि विभिन्न दातृ निकायसँगको सहकार्यमा निःशुल्क शिविर सञ्चालन भइरहेको छ”, उहाँले भन्नुभयो ।
डाक फाउन्डेसनको सहयोगमा अहिलेसम्म करिब पाँच लाख बिरामीले आँखा परीक्षण गरेका छन् भने ५२ हजार बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहले बताउनुभयो ।
सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपनालाई निवारण गर्ने नेत्रज्योति सङ्घको योजनामा डाक फाउन्डेसनले महत्वपूर्ण सहयोग पु¥याइरहेको सङ्घका कार्यकारी निर्देशक डा शैलेसकुमार मिश्रले बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घले हाल देशभरमा २७ आँखा अस्पताल, एक सय ५४ आँखा उपचार केन्द्र र ४४ जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com