ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध


एबीसी न्यूज
असार २४, २०८० आईतबार  ३ : ४६ बजे
काठमाडौं, २४ असार । चितवनका दुग्ध किसानले प्रदेश सरकारबाट पाउँदै गरेको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् ।
बागमती प्रदेश सरकारले किसानलाई दूधमा उपलब्ध गराउँदै आएको अनुदान रकम चितवनका तीन स्थानीय तहमा रोक्ने निर्णय गरिएपछि किसानले तत्काल अनुदान रकम उपलब्ध गराउन माग गरेका हुन् । भरतपुरमा पत्रकार सम्मेलन गरी तत्काल अनुदान रकम उपलब्ध नगराइए कडा आन्दोलन गर्ने चेतावनी किसानले दिएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रममा चितवनको भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई अनुदान दिँदा दोहोरो सुविधा हुने भन्दै अनुदान दिन रोकिएको छ । चितवनको भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रु तीन अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले रु चार र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ । सोही कारण देखाउँदै प्रदेश सरकारले तीन स्थानीय तहका किसानलाई दोहोरो अनुदान नदिने भन्दै रोक लगाएपछि किसान असन्तुष्ट बनेका हुन् ।
जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले किसानलाई अनुदान उपलब्ध नगराइएको भन्दै आज प्रदेशको कृषि मन्त्रालय घेराउ गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले किसानका समस्याप्रति सरकार उदासिन बनेका कारण सधैँ मारमा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्पी स्कीनबाट गाई ढलेका ढल्यै छन्, दूधको उत्पादन घटेको छ, यही समयमा बीमा कम्पनीले बीमा गरेको छैन, डेरीले दूध उठाएको छैन ।” किसानको खातामा पैसा आउने बेला सरकारको निर्णयले पीडामाथि पीडा थपेको बगालेले गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com