काठमाडौं २४ असार । ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको हो।
उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए।यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्