ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी


एबीसी न्यूज

काठमाडौं, २४ असार । कृषि क्षेत्रमा सुधार गर्नका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी देखिएको छ । यहाँका विभिन्न पालिकाभित्र जोन, पकेट र ब्लक क्षेत्रमा परियोजना सञ्चालित छ । ती क्षेत्रमा भएको समीक्षाबाट परियोजनाले किसानको समस्या हल भएको पाइएको हो ।

परियोजना जाजरकोटका प्रमुख दीपेन्द्र पोखरेलले किसानको जीवनस्तर माथि उकास्न परियोजना प्रभावकारी भएको बताउनुभयो ।

पालिकाका कृषि शाखा प्रमुखबाट जनताले गरेका अपेक्षाका बारेमा जानकारी लिई भएका कामको सो अवसरमा समीक्षासमेत गरिएको छ । कार्यालयले ८६ दशमलव ४३ प्रतिशत काम भई लक्ष्य नजिक पुगेको उहाँले बताउनुभयो । यसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटतर्फ बाख्रा ब्लक विकास कार्यक्रमअन्तर्गत ९५ दशमलव २४ प्रतिशत, सम्पूर्ण स्थानीय तहअन्तर्गत पकेट विकास कार्यक्रममा ८७ दशमलव ०९ प्रतिशत, जोन विकास कार्यक्रमतर्फ ८२ दशमलव चार प्रतिशत र कृषि विकास कार्यालय जाजरकोटबाट सञ्चालित विभिन्न ब्लकमा ९तरकारी, स्याउ, ओखर र मकै० ब्लक विकास कार्यक्रमअन्तर्गत ८१ दशमलव आठ प्रतिशत प्रगति भएको परियोजना प्रमुख पोखरेलले बताउनुभयो ।

जिल्लामा यो कार्यक्रम लागू भएपछि हालसम्म १६ हजार सात सय ५४ जनाले प्रत्यक्ष रोजगारी पाएको र यो आर्थिक वर्षमा मात्र एक हजार सात सय ९० जनाले रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले चारवटा विभागमध्ये तीनवटा ९जोन, पकेट र ब्लक० विभाग चालु अवस्थामा रहेको बताएको छ ।

जोनअन्तर्गत सुन्तला जोन जिल्लाका सातवटा स्थानीय तहमध्ये चार स्थानीय तहमा कार्यान्वयनमा रहेको छ भने त्यस्तै ओखर जोन पाँचवटा स्थानीय तहमा र मौरी जोन तीनवटा स्थानीय तहमा कार्यान्वयनमा रहेको छ । उक्त कार्यक्रमबाट पाँच सय घरधुरीलाई सेवा प्रदान गरिएको कार्यालयको दाबी छ । आव २०७९÷८० मा सुन्तला जोनतर्फ पाँच मेट्रिक टन क्षमताका तीनवटा सेलार स्टोर निर्माण भई सञ्चालनमा आएसँगै सर्वसाधारण किसानलाई सहयोग पुगेको छ ।

छेडागाड नगरपालिका–१०, कुशे गाउँपालिका–८ र नलगाड नगरपालिका–३ मा सेलार स्टोर निर्माण भई कृषकले उत्पादन गरेका सुन्तलालाई सुरक्षित गर्न सहयोग पुगेको कार्यालयका कृषि प्राविधिक धरम चन्दले बताउनुभयो । जुनिचाँदे, बारेकोट, नलगाड र कुशेमा ओखर जोनतर्फ २१ वटा साना सिँचाइ निर्माण भएका छन् । त्यस्तै नौ ठाउँमा रहेका बगैँचामा थोपा सिँचाइ निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

मौरी जोनतर्फ छ समूह÷सहकारी÷फार्मलाई मौरीका विभिन्न आधुनिक सामग्री वितरण गरी मह उत्पादनमा आधुनिकीकरणमा जोड दिइएको उहाँले बताउनुभयो । परियोजना लागू भएसँगै जिल्लामा सुन्तला, ओखर र मौरीपालक किसानलाई राहत पुगेको नलगाड–३ का किसान तुले थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com