ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको हाजिरी वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो


एबीसी न्यूज

काठमाडौं, २४ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा शनिबार भएको छलफलका क्रममा नगर कार्यपालिकाको आगामी बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ ९ङ०लाई निष्क्रिय गर्ने, आगामी नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने र नगरपालिका र शिक्षक सङ्घ–सङ्गठनबीच भएको सम्झौतालाई पूर्णरूपमा पालना गर्ने सहमति भएको छ । नगरपालिकासँग भएको सहमतिपछि आफूहरूको आन्दोलनसमेत फिर्ता भएको शिक्षकले बताएका छन् ।

छलफलमा नगरप्रमुख भट्टराई, उपप्रमुख विशन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडा नं १ का वडाध्यक्ष नवराज राई, वडा नं ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेश घिमिरे, शिक्षा शाखा प्रमुख तीर्थबहादुर विश्वकर्मा, नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक महासङ्घ खोटाङका सहअध्यक्ष झमप्रसाद आचार्य, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरे, नेपाल शिक्षक सङ्घ नगर अध्यक्ष नवराज केसी, प्राविधिक सहायक प्रेम केसी र शिक्षक सुवासचन्द्र राईको उपस्थिति रहेको थियो । सहमतिपत्रमा वडा नं १ का वडाध्यक्ष राईले भने हस्ताक्षर गर्नुभएको छैन ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लागू गरेको नगर शिक्षा नियमावली, २०७६ को नियम २७ ९ङ०मा वडाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था छ । उक्त व्यवस्था शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ सँग बाझिएकाले संशोधन वा खारेजीको माग गर्दै जिल्लास्थित शिक्षकहरूले पटक–पटक विरोध गर्दै आएका थिए ।

आन्दोलनकै कार्यक्रमअन्तर्गत जिल्लास्थित सबै शिक्षक सङ्घ÷सङ्गठनले तत्कालीन नगरप्रमुख रिजाल र उपप्रमुख राईको पालामा पारित गरिएको नियमावली संशोधन गर्न माग गर्दै गत २०७९ पुस १ गतेदेखि आन्दोलन गर्दै आएको थियो । यसअघि नगरपालिका र शिक्षकबीच भएको छलफल तथा वार्ताका क्रममा गत असार १० गते सम्पन्न नगरसभाबाट उक्त बुँदा संशोधन तथा खारेज गर्ने बताइए पनि कार्यान्वयन नभएको भन्दै शनिबार नगरप्रमुख भट्टराईलाई ज्ञापनपत्र बुझाइएको थियो ।

ज्ञापनपत्र बुझ्नुहुँदै नगरप्रमुख भट्टराईले शिक्षकसँग भएको सहमति दुवै पक्षले पूर्णरूपमा पालन गरिने बताउनुभयो । ज्ञापनपत्रमा नेपाल शिक्षक सङ्घका सङ्घीय सदस्य शिवहरि ढकाल, नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनबहादुर दाहाल, नेपाल शिक्षक सङ्घका उपाध्यक्ष मुना चौलागाईँ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष टङ्क कटुवाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष नूरकाजी सैँजू र नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष यादवप्रसाद घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com