ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन १ गतेदेखि वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा ।


एबीसी न्यूज
असार २४, २०८० आईतबार  ९ : ४८ बजे

काठमाडौ असार२४ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् । सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइने जानकारी दिए । मन्त्री बस्नेतले भने, “आगामी साउन १ गतेबाट वीर अस्पतालबाट यो सेवा लागू गर्छौ ।

अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ । चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ ।”मेडिकल कलेज सञ्चालनको स्वीकृति लिने बेलामा १० प्रतिशत शय्या निःशुल्क हुनुपर्छ भन्ने सम्झौता हुने गरेको र त्यसको कार्यान्वयनमा कडाइ गरिएको बताउँदै उनले यसबाट हजारौं सङ्ख्यामा लक्षित समुदायलाई उपचारमा लाभ मिलेको उनले बताए ।

जनतालाई निःशुल्क र प्रभावकारी उपचार गराउन र त्यससम्बन्धी अनुभूति दिलाउन आफू लागिपरेको बताउँदै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको उल्लेख गरे ।उनले भने, “संविधानमा स्वास्थ्योपचारलाई मौलिक हकका रूपमा उल्लेख गरेको छ । व्यवहारमा त्यो छैन, अहिले पनि धेरै मानिसलाई अस्पताल पुग्न चुनौती छ, उपचार महँगो छ, औषधि पाइन्न । पाए पनि किन्न सकिन्न ।

पैसा नभएर उपचार नगरी घर फर्कनुपर्ने बाध्यता पनि छ ।”नशा र जोर्नीसम्बन्धी उपचारमा थेरापी पद्धतिलाई गाउँ–गाउँमा पुर्याए औषधि नै प्रयोग गर्नपर्ने अवस्था भए विजेन नेपाल धेरैको भाग्यविधाता बन्न सक्ने बताउँदै उनले प्रत्येक व्यक्तिलाई स्वस्थ्य हुन एकघन्टा शारीरिक व्यायाम गर्न सुझाव दिए ।संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठले करिब तीन सय कर्मचारीको सहायतामा संस्कार र मुस्कानसहित दैनिक १२ हजारभन्दा बढी बिरामीलाई थेरापीका माध्यमबाट उपचार प्रदान गरिरहेको जानकारी दिए ।

‘पैसा होइन, मानवता प्राथमिकता’ भन्ने नाराका साथ संस्थाले काम गरिरहेको बताउँदै उनले यो पद्धतिले समाजलाई अनुशासन, सभ्यता र संस्कार पनि सिकाइरहेको उल्लेख गरे ।संस्थाका कार्यकारी निर्देशक ज्ञानु लामिछानेले कोरियाबाट सुरु भई अमेरिका, चीन र भियतनाममा समेत ख्याति कमाएको वैकल्पिक उपचार पद्धतिका रूपमा रहेको निःशुल्क कोरियन थर्मल थेरापी पद्धतिले स्वास्थ्य क्षेत्रमा जनचेतना अभिवृद्धिका हिसाबले अब्बल सावित भएको बताए ।

मुलुकमा स्वास्थ्योपचार महँगो भइरहेका बेला बहुउपयोगी पद्धति र उपकरणमार्फत मुलुकका ५८ केन्द्रबाट सेवा प्रवाह भइरहेको सो अवसरमा जानकारी दिइयो । उक्त थर्मल थेरापी पद्धति खासगरी नशा र हाडजोर्नीका बिरामीलाई निकै लाभदायी ठहरिएको संस्थाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com