ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा रुसी आक्रमणको ५००औँ दिन, युद्ध अन्त्यको आभास छैन


एबीसी न्यूज
असार २३, २०८० शनिबार  ७ : ३६ बजे
युक्रेनमा रुसी आक्रमणको ५००औँ दिन, युद्ध अन्त्यको आभास छैन

निकोपोल (युक्रेन) । युक्रेनमा रुसी आक्रमणको ५००औँ दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभास महसुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् ।

युद्ध सुस्ताउनुको सट्टा चर्किंदै गएको छ । युक्रेनका मुख्य सहरहरू निरन्तर खतरामा परेका छन् । युक्रेनी सैनिक पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच आफ्नो पदीय दायित्व पूरा गर्न रुसी आक्रमणको प्रतिरोध गर्दै विस्तारै अघि बढिरहेका छन् ।

जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रुसी सेनाले कब्जा गरेको क्षेत्र पुनः प्राप्त गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति व्यहोरेको रुसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ ।

दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भनिन्, “रुसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।”

मोराखोवस्काले भनिन्, “म देख्छु, हाम्रो सेना कसरी अगाडि बढ्छ ? यो वर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैँ सोच्छु । तर, के गर्ने ? कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ ।”

उनले एएफपीसँग भनिन्, “यो सत्यको लागि लडाइँ हो । जित कठिन छ, तर हामी कुनै दिन अवश्य जित्नेछौँ ।”

पश्चिमी सैन्य सहायताका रूपमा अर्बौँ युरो प्राप्त गरे तापनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ ।

युक्रेनको सेनाले गएको सेप्टेम्बरमा खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आउँदो हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकु विमानका लागि दबाब दिएका छन् ।

“आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर पनि हामी अगाडि बढिरहेका छौँ,” यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com