ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालीकोटमा रुडुगाउँका ३ सयभन्दा बढी अज्ञात रोगबाट बिरामी


एबीसी न्यूज

 

 

कालीकोट २२ असार । तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेcका छन् ।

ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण भएको अज्ञात रोग गाउँमा फैलिएपछि तिलागुफा नगर र जिल्ला अस्पताल मान्मबाट चिकित्सकसहितको टोलीले शुक्रबार रुडु गाउँ पुगेर बिरामीको परीक्षण गरी औषधि वितरण गरेको हो ।

 

गाउँमा फैलिएको बिमारले बुधबार १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको थियो भने अन्य बिरामी परेका थिए । प्रयोगशालामा नजाँचिकन रोग यकिन गर्न नसकिने चिकित्सकको भनाइ छ ।

रोगले महादेव मावि रुडुका १ सय ३० सहित गाउँका अन्य गरी १ सय ७८ जना बिरामी परेको बिहीबार विद्यालयले नगरपालिका र जिल्ला सदरमुकाममा खबर पठाएको थियो ।

गाउँमा महामारी फैलिएको जानकारी आएपछि तिलागुफा नगरपालिकाबाट नगर अस्पतालका डा। टंकप्रसाद आचार्य, जिल्ला अस्पताल मान्मका डा। रामानन्द चौधरी, डा. डण्डप्रसाद नेपालसहितको स्वास्थ्यकर्मीको टोली शुक्रबार गाउँ पुगेको हो ।

‘गाउँभर बिरामी छन् । औषधि दिने काम भइरहेको छ,’ तिलागुफा नगर अस्पतालका डा. आचार्यले भने । उनले बेलुका ६ बजेसम्म ३ सय ११ जना बिरामीको परीक्षण गरेर औषधि दिएको भन्दै अझै बिरामीको भीड रहेको जानकारी दिए । शिविर शनिबार पनि संचालन हुनेछ ।

गाउँमा फैलिएको रोगको यकिन गर्न परीक्षणमा आएकामध्ये ९ जना बिरामीको रगतको नमूना संकलन गरेर सुर्खेत पठाइने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताए ।

उनले अधिकांश बिरामीहरू महिला र बालबालिका रहेको जानकारी दिएका छन् । शुक्रबार १ सय ९४ महिला र १ सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि दिइएको छ । जसमध्ये उपचार गर्न आउने १५ वर्षमुनिका बालबालिका २ सय ६ जना छन् । उनले भने बिरामी धेरै भए पनि नियन्त्रण बाहिर नरहेको सुनाउँदै सबै बिरामीमा एकै खालको लक्षण भएको बताए ।

यस्तै स्वास्थ्य शिविर संचालन भएको महादेव माविमा शुक्रबारदेखि पढाइ बन्द गरिएको प्रधानाध्यापक भरतबहादुर सिंहले बताए । उनका अनुसार शनिबार पनि विद्यालयमा स्वास्थ्य शिविर संचालन हुनेछ ।

सदरमुकाम मान्मबाट १८ कोष पूर्वदक्षिणतर्फ पर्ने रुडु गाउँ विकट मानिन्छ । सदरमुकाम र नगर अस्पताललबाट टोली बिहीबार खटिएको भए पनि शुक्रबार बिहान मात्र गाउँ पुगेको तिलागुफा १० का वडाध्यक्ष मुनबहादुर थापाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com