ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरी समायोजनमा जान तयार छ : महानिरिक्षक कुँवर


एबीसी न्यूज

 

काठमाडौं २२ असार । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी समायोजनमा जान तयार रहेको बताएका छन् ।

नेपाल प्रहरीको कार्ययोजना २०८० तथा आफ्नो ३ महिने कार्य अवधिको उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै आईजीपी कुँवरले भने, ‘प्रहरी समायोजनको विषय ५ महिनाभित्र सक्ने गरी सरकारको नीति तथा कार्यक्रममा पनि आएकाले यो विषय प्रहरीको उच्च प्राथमिकतामा छ ।’

 

प्रहरी समायोजनमा जाँदा केन्द्रको शक्ति खुम्चिने भएकाले यसलाई अघि नबढाइएको आरोप प्रदेशका मन्त्रीहरुले लगाइरहेका छन् । शुक्रबारै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि समायोजनको काम आफ्नै पालामा सक्ने बताएका छन् ।

तर, समायोजनमा जान प्रहरी नेतृत्व नै अनिच्छुक रहेको भन्दै प्रश्न उठेको थियो । त्यसक्रममा आईजीपी कुँवरले भने, ‘नेपाल प्रहरीले गर्ने भनेको राज्यको निर्देशनको कार्यान्वयन हो, प्रदेशबाट पनि यस विषयमा प्रेसर परेको छ । सम्भवतः यो काम तोकिएको समयमा पूरा हुन्छ भन्नेमा सचेत छौं ।’ त्यसका लागि प्रहरी प्रधान कार्यालयले आफ्नो तयारी समेत गरिरहेको उनले बताए ।

एक फरक प्रसंगमा आईजीपी कुँवरले अहिले संगठन सुधारका लागि उपयुक्त वातावरण रहेको बताए । ‘राजनीतिक नेतृत्वदेखि लिएर हरेक कुराले अहिले संगठन सुधारका लागि उपयुक्त समय छ’ उनले भने, ‘त्यसका लागि नेपाल प्रहरी कार्ययोजना, २०८० ल्याएर काम गरिरहेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com