काठमान्डौ २२ असार
टनकपुर बाँधबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरण अन्तर्गत निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहर परीक्षणका लागि पानी छोडिएको छ।
शुक्रबार मूल नहर परीक्षणका लागि पानी छोडिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक रणबहादुर बमले बताए।
मूल नहर परीक्षणको काम एक सातासम्म चल्ने उनले बताए। यस अवधिमा नहर छेउछाउमा आफ्ना नानीबाली, चौपाया नछोड्न आयोजना कार्यालयले आग्रह गरेको छ।
भारतीय पक्ष मूल नहर परीक्षणका लागि पानी छोड्न तयार भएपछि भीमदत्तको ब्रह्मदेवदेखि शुक्लाफाँटाको फुलेली घरकटुवा खोलासम्मको नहर परीक्षण गरिने आयोजनाले जनाएको छ।
‘२८ किलोमिटरसम्म मूल नहर निर्माणको काम सकिएको छ, यो परीक्षणका लागि आज पानी छोडिएको हो,’ आयोजनाका निर्देशक बमले भने।
महाकाली सन्धि भएको २८ वर्षपछि दोस्रो पटक महाकाली सिँचाइको मूल नहरमा पानी बगेको हो।
निर्माण सम्पन्न भएको मूल नहर परीक्षणका लागि भारतले पानी छोडे पनि यसपछि सिँचाइका लागि निरन्तर पानी छोड्नेरनछोड्ने टुंगो छैन।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि बगुन खोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो।
नहरमा आएको पानीले गत १५ असारमा वेदकोटको बगुनमा रोपाइँ समेत गरिएको थियो। तर त्यसपछि तयार भएको उक्त नहरमा पानी छोड्न भारतले आनाकानी गरिरहेको छ।
नेपाल–भारत दुवैतर्फको उच्च तहबाट संयुक्त रुपमा उद्घाटनपछि मात्रै पानी छोड्ने भारतको अडान छ।
पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पनि औपचारिक उद्घाटनको तयारी गरिएको थियो। तर भारतीय अधिकारीको गलत रिपोर्टिङका कारण नहर उद्घाटन हुन सकेन।
प्रधानमन्त्री दाहालको भारत भ्रमणअघि आयोजना र भारतको एनएचपीसी ९नेसनल हाइड्रोपावर कर्पोरेसन०का अधिकारीले संयुक्त रुपमा नहरको निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा सबै तयारी पूरा भएको जानकारी गराइएको थियो। तर एनएचपीसीका अधिकारीले नेपालतर्फ नहर निर्माणको काम पूरा नभएकाले तत्काल उद्घाटन गर्न नसकिने रिपोर्टिङ गरेपछि उद्घाटन भएको थिएन।
महाकाली सन्धि अनुसार नेपालले पाउनु पर्ने पानी छोड्न भारतीय पक्षले आनाकानी गर्दा किसान सिँचाइ सुविधाबाट बञ्चित छन्।
यस क्षेत्रका किसान नहरमा नियमित पानी आउनु पर्ने बताउँछन्।
‘नहरमा पानी आउने भनेको यतिका वर्ष भइसक्यो, अहिलेसम्म भारतले पानी दिएको छैन,’ वेदकोट नगरपालिका–५ का केशव जोशीले भने, ‘नहरमा नियमित सन्धि अनुसार पाउनु पर्ने पानी पाए यस क्षेत्रका किसानलाई सजिलो हुन्थ्यो।’
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत ब्रह्मदेवदेखि फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ। गत वर्ष परीक्षण गरिएको १९ किलोमिटरसहित थप ९ किलोमिटर मूल नहर परीक्षण गरिन लागिएको हो।
नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ।
महाकाली सिँचाइ आयोजना कार्यालयका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ। निर्माण गर्नुपर्ने २२ वटा शाखा नहरमध्ये दुई वटाको निर्माणको काम सकिएको निर्देशक बमले बताए।
आयोजना अन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीदेखि कैलालीको गोदावरी खोला ९४८ किलोमिटर०सम्म निर्माणका लागि टेन्डर समेत भइसकेको छ।
राष्ट्रिय गौरवको आयोजना पर्ने यो आयोजनामा आगामी आर्थिक वर्षका लागि अपेक्षाकृत बजेट विनियोजना भएन। आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि आयोजनामा एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।
यो बजेट चालु आर्थिक वर्ष भन्दा कम हो। चालु आर्थिक वर्षमा आयोजनाका लागि एक अर्ब २३ करोड बजेट विनियोजन गरिएको थियो।
महाकाली सन्धि भएको २८ वर्ष बितिसक्दा पनि नेपालले महाकालीको पानी उपभोग गर्न पाएको छैन। नहर निर्माणमा ढिलाइका साथै भारतीय पक्षको आनाकानीले टनकपुर बाँधबाट नेपालले पाउनुपर्ने पानी २८ वर्ष बितिसक्दा पनि पाउन नसकेको हो।
२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो। सन्धि अनुसार नेपालले टनकपुर बाँधबाट नहरमार्फत वर्षायाममा २८।३५ घनमिटर प्रति सेकेन्ड तथा सुख्खा याममा ८।५० घनमिटर प्रति सेकेन्ड पानी पाउनुपर्छ।
यो पानी उपयोग गर्नका लागि नेपालले १५२ किलोमिटर लामो मूल नहर, १७२ किलोमिटर लामो शाखा नहर र एक हजार २३ किलोमिटरको प्रशाखा नहर निर्माण गर्नुपर्छ।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएपछि महाकाली सिँचाइ तेस्रो चरणको कामले गति लिएको छ। सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३र०६४ देखि नहर निर्माणको काम सुरु भएको थियो।
२२ वटा शाखा नहरहरू निर्माण भए ५३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने छ। आयोजना कार्यालयका अनुसार पहिलो भागमा कञ्चनपुरको ब्रह्मदेव क्षेत्र ९दुई हजार ९०० हेक्टर० र चाँदनी–दोधारा क्षेत्र ९तीन हजार पाँच सय १० हेक्टर० गरी कुल छ हजार चार सय १० हेक्टरमा पानी पुर्याउने योजना छ।
दोस्रो भागमा त्रिभुवनवस्ती क्षेत्रमा १९ हजार छ सय २० हेक्टरमा र तेस्रो भागमा कैलालीको मालाखेती क्षेत्रको सात हजार चार सय ९० हेक्टरमा सिँचाइ पुर्याउने योजना छ। यो आयोजनाबाट कञ्चनपुर र कैलालीका गरी ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्